मोटरसाइकल सुनकोशी नदीमा खस्दा एक जनाको मृत्यु

प्रकाशित समय 5:47 AM

बुद्ध नेपाली,

सिन्धुली,२३ असोज – मध्य पहाडी लोक मार्ग अन्र्तगत सिन्धुलीको फिक्कल गाउपालिका ४ कुइभिरमा सोमवार मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । 

ओखलढुङगाबाट काठमाडौ तर्फ जादै गरेका बा ४३ प ४८४० नम्बरको मोटरसाइकल  सिन्धुलीको फिक्कल गाउपालिका ४ कुइभिरको सडकबाट ४ सय मिटर तल सुनकोशी नदीमा खस्दा मोटरसाइकल चालक ओखलढुङगाको सुनकोशी गाउपालिका ४ का ३० वर्षिय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

दुर्घटनामा सोही मोटरसाकइलको पछाडी सवार ओखलढुङगाको सुनकोशी गाउपालिका ४ का चन्द बहादुर तामाङ घाइतेको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिए । 

प्रहरी नायव उपरिक्षक शर्माका अनुसार आफै अनियन्त्रीत भइ मोटरसाइकल दुर्घटना भएको हो । घाइते तामाङको हात खुट्टामा चोट लागेको र थप उपचारका लागि उदयपुरको घुर्मी पठाइएको प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »