Powered by Blogger.
काठमाडौँबाट समातिए दुई भारतीय ‘सुटर’

काठमाडौँ, २३ असोज( गोली हान्न आएको आशंकामा प्रहरीले काठमाडौंबाट दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरो (एसबी ) ले शनिबार दिउँसो जोरपाटी नारायणटारबाट उनीहरूलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव छन् । उनीहरूलाई सार्वजनिक अपराध मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अघि बढाइएको छ ।

सुटर भएको आशंका


पक्राउ परेका दुवै नारायणटारमा गार्मेन्टसम्बन्धी व्यवसाय गर्ने लाल महम्मद सुरको कारखानामा जबर्जस्ती छिरेका थिए । कारखानामा गएर आफूलाई उनीहरूले मार्ने धम्की दिएको सुरले बताएका छन् । उनले प्रहरीमा जाहेरीसमेत दिएका छन् । सर्लाही घर भएका सुरले उनीहरूले हत्या गर्न खोजेको भन्दै आइतबार महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका हुन् ।आजको नयाँ पत्रिकामा खबर  छ । 

0 comments

Write Down Your Responses

second_add