Powered by Blogger.
सिन्धुलीमाढीमा क्रिकेट खेल प्रतियोगिता


सिन्धुली,२२ असोज – सिन्धुलीमाढीमा सोमबारबाट चौथो जिल्ला स्तरीय क्रिकेट खेल प्रतियोगिता हुने भएको छ  । जिल्ला क्रिकेट संघ सिन्धुलीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । 

प्रतियोतिामा सिन्धुलीका ७ क्रिकेट टिम सहभागि हुने जिल्ला क्रिकेट संघ सिन्धुलीका सचिव विनय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रामताटा क्रिकेट टिम,ढुँग्रेवास क्रिकेट टिम, बजार क्रिकेट टिम, ढकाल गाउँ क्रिकेट टिम,भिमान क्रिकेट टिम, दुधौली क्रिकेट टिम, र पानीट्याङकी क्रिकेट टिमले सहभागिता जनाउने छन् । 


सोमवार विहान उद्घाटन खेल साविक विजेता भिमान क्रिकेट टिम र ढकाल गाउ क्रिकेट टिम विच र दिउसो पानीट्याङकी क्रिकेट टिम र रामताटा क्रिकेट टिम विच प्रतिस्पर्धा हुने सचिव श्रेष्ठले जनाए ।

प्रयास होटल रातमाटा, बेबी मेडिकल स्टलबजार, कन्चन सिलाई हाउस र कमलामाई सप्लायर्सको सह प्रायोजक रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार सहित सिल्ड,मेडल पाप्त गर्ने छन । दास्रो हुने टिमले नगद ५ हजार सिल्ड,मेडल प्राप्त गर्ने श्रेष्ठले बताए । प्रतियोगिताका लागि सवै तयारी पुरा भएको आयोजकले जनाएको छ । 

0 comments

Write Down Your Responses

second_add