मोहनविक्रम स्मृति फुटबल प्रतियोगिता उदघाटन

प्रकाशित समय 9:58 PM

आगामी वर्ष ३ लाख पुरस्कार राशी को फुटबल प्रतियोगिता हुन्छ : थापा


सिन्धुली,२२ असोज – मोहनविक्रम स्मृति फूटबल प्रतियोगिता सिन्धुलीको भिमानमा शनिवारबाट सुरु भएको छ । शनिवार एक औपचारिक कार्यक्रमका वीच फूटबल खेलको उदघाटन स्वर्गीय मोहनविक्रम थापाका छोरा समाजसेवी उज्वलविक्रम थापाले गरे । 


कार्यक्रम उदघाटन गर्दै प्रमुख अथिति थापाले आगामी वर्ष सिन्धुलीमा करिब ३ लाख पुरस्कार राशीको फुटबल प्रतियोगीता गर्ने घोषण गरे । सरकारले युवालाई लगानी कम भई रहेको खेल प्रतियोगिता प्राईभेट क्षेत्रको लगानीमा भई रहेको वताए । थापाले प्राईभेट सेक्टरको सहयोगमा खेल सिन्धुलीमा खेल क्षेत्रको विकास गर्न सक्ने भन्दै युवाहरुलाई अनुसासित भएर खेल क्षेत्रमा अग्रसर हुन आग्रह गरे । 

कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, उपमेयर मञ्जु देवकोटा, वडा नं. १० का वडा अध्यक्ष कैलाश ढुङगेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सिन्धुली पुनःनिर्माण तथा पुनःस्थापन अभियान र भिमान युवा क्लवको युवा लक्षित ‘मेरो सिन्धुली मेरो गौरब खेलकुद अभियान’ अन्तरगत मोहनविक्रम स्मृति फूटबल प्रतियोगिता भएको हो । 

खेलकुद उद्घाटन कार्यक्रम सञ्चालन सिन्धुली पुनःनिर्माण अभियानका इन्द्र भुजेलले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य भिमान युवा क्लवका सचिव दिपक न्यौपानेले गरेका थिए । कार्यक्रमको अध्यक्षता भिमान युवा क्लवका अध्यक्ष रविन्द्र माझीले गरेका थिए । फूटबल खेल ३० गते सम्म चल्ने छ । उद्घाटन खेल भिमान युवा क्लव र रानिवास युवा मैत्री क्लव विच भएको थियो । 

प्रथम पुरस्कार ६० हजार र दोश्रो पुरस्कार ४० हजार रहेको खेलमा १६ ओटा समुह सहभागिता रहेको छ । खेलको समुह ए मा भिमान युवा क्लव ए र वि, बर्दिवास स्र्पोट हाउस लालवन्दी, रानिवास युवा क्लव, जनशक्ति यढुवा क्लव पाटु, हर्षाही युवा क्लव, नवप्रतिभा युवा क्लव मिलनञ्चोक, भिमान युवा क्लव वि, रानिवास युवा मैत्री क्लव रहेका छन् भने समुह ‘वि’मा युवा जागृत युवा क्लव धरान, वर्दिवास स्पोर्टस बर्दिवास, ब्लु अलपाई क्लव सिन्धुली, चुरे चादनी युवा क्लव सिन्धुली, ब्रर्दहुड युवा क्लव माझीटार र चन्द्रमा युवा क्लव बर्दिवास रहेको आयोजकले जनाएको छ । 


१९८० चैत्र ६ गते जन्मेका स्वर्गीय थापाले वि.एस.सी. त्रिचन्द्र कलेज, ए.आई.एफ.सी., एफ.ए.ओ. इन्डीएन फरेस्ट कलेज, देहरादुनबाट अध्ययन पुरा गरेका थिए । रुसमा वन विज्ञान सम्बन्धि शैक्षिक भ्रमण गरेका स्वर्गीय थापा तत्कालीन श्री ५ को सरकारको वन विज्ञान अध्ययन संस्थाका शिक्षक, वन विज्ञान अध्ययन संस्थानको प्रमुख तथा काठमाण्डु सरकल अफसरमा सरकल अफसर भै चुरे उत्तर मेची महाकाली वीचको सम्पुर्ण पहाडी भागको जंगलको वैज्ञानीक तथा प्रशासनीक कामकाजहरु सम्बन्धि वडाहाकिमद्वारा गराएका थिए । स्वर्गीय थापाले त्यसपछि सहायक चिफ कञ्जरभेटरको काम गरेको र तत्कालीन श्री ५ को सरकारले चीफ कन्जरभेटरको पद नेपाली नजान्ने व्रिटिस नागरिकलाई दिएपछि गजेटमा नोटिस प्रकाशित गरि दैनिक कार्य सञ्चालन गर्न चिफ कन्जरभेटरको सम्पुर्ण अधिकार समेत प्राप्त गरी ६ वर्ष वन विभाग सञ्चालन गरेका थिए ।

सरकारी सेवामा काम गर्दा निक्कै महत्वपुर्ण योगदान पुराएका थापाले सिन्धुलीमा पनि शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएका छन् । सरकारी सेवामा छँदा वन विभागमा राम्रो काम गरे वपात तत्काली श्री ५ वडामहाराजधिराज सरकारबाट गोरखा दक्षिण बाहुको तेश्रो दर्जाको तक्मा प्राप्त गरेका थिए । स्वर्गीय थापाले २००७ सालमा स्थापन भएको सिन्धुली जिल्लाको पहिलो स्कुल कमला माद्यमिक विद्यालयलाई १६ कठ्ठा जग्गा सहयोग, सिन्धुली बहुमुखी क्याम्पस स्थापना गर्न सहयोग, कमला मा.वि ढुंग्रेवासमा विज्ञान अध्ययन छात्रावृत्तिको सहयोगको लागि स्वर्गीय थापाले आफ्नो आमा वुवाको नाममा “सुब्बा कृतिविक्रम थापा तथा ललितकुमारी विज्ञान छात्रावृत्ति” ५ लाख ५० हजारको अक्षय कोष खडा गरेको थियो, अहिले त्यो कोष वृत्ति भएर २६ लाख १६ हजार २ सय ६८ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »