Powered by Blogger.
सोल्पाठानामा निःशुल्क आखा अप्रशेन शिविर संचालन

बुद्ध नेपाली,

सिन्धुली,२२ असोज – फिक्कल गाउँपालिका वडा नं ५ सोल्पाठानामा शनिवार निःशुल्क आखा अप्रशेन शिविर संचालन भएको छ । फिक्कल गाउँपालिका र तिलगंगा आखा अस्पतालको संयुक्त आयोजनामा शिविर संचालन भएको हो । 


शिविरमा मोतिविन्दु भएका आखाँका विरामीहरुको आखा जाँच गरि अप्रेशन गरिएको छ । शिविरमा फिक्कल गाउँपालिका र उदयपुरको कटारी नगरपालिका वडा नं १४ घुर्मी बाट आएका १ सय ५० जना मोतिबिन्दुका विरामीहरुको आखाँको जाँच गरि अप्रेशन गरिएको आखाँ शिविरका संयोजक तथा फिक्कल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राजु बरालले जानकारी दिए । 

बाहिर गएर उपचार गर्न सक्ने पहुच नभएका गाउँपालिकाका बयोबृद्धा, अशक्तहरुलाई सेवा दिने उदेश्यका साथ आखाँ शिविर संचालन गरिएको अध्यक्ष बराले जानकारी दिए । शिविर संचालन भएको स्थान सम्म विरामी ओसार प्रसार गर्न गाउँपालिकाको सवै वडाहरुमा र उदयपुरको कटारी नगरपालिका वडा नं १४ घुर्मि सम्मको लागि निःशुल्क यातायातको व्यवस्था पनि गरिएको अध्यक्ष बरालले जानकारी दिए । 

शिविरमा आखाँको सल्यक्रिया गरिएका विरामीहरुलाई औषधी पनि निः शुल्क वितरण गरिएको बताइएको छ । 

0 comments

Write Down Your Responses

second_add