एमालेकोे मतदानबाट उम्मेदवार छनोट

प्रकाशित समय 4:41 PM
सिन्धुली,२२असोज – आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि नेकपा (एमाले) सिन्धुलीले मतदान प्रक्रियाबाट उम्मेदवारको छनोट गरेको छ ।  करिब एक हप्तादेखि चलेको  बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया अपनाइएको होे ।



प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को सर्वसम्मत र प्रदेश सभा सदस्यको लागि निर्वाचन क्षेत्र नं. १ का दुवै र निर्वाचन क्षेत्र नं. २ (ख) सर्वसम्मत उमेदवार सिफारिस गरेकोमा निर्वाचन क्षेत्र नं. २ (क) को लागि निर्वाचन गरेर ३ जनाको नाम सिफारिस गरेको छ । सर्वसम्मत भए एक जना अन्यथा महिला सहित ३ जनाको नाम सिफारिस गर्नु पर्नेमा निर्वाचन क्षेत्र नं. २(ख) मा आकाँक्षी वढी भए पछि निर्वाचनबाट उम्मेदवार सिफारिस गरेको छ ।

फाल्गुणी शर्मा, पार्वती भट्टराई, केशब देवकोटा, विनोद खड्का र महेन्द्रदेव श्रेष्ठले दावी गरे पछि उमेद्वार छान्न शनिवार पार्टी कार्यालयमा मतदान भएको थियो । पार्वती भट्टराई महिलाको एक मात्र आकाँक्षी भएकोले स्वत सिफारिसमा परेकी छिन् । फाल्गुणी शर्मा प्रदेश सभा समानुपातिक उमेद्वार वने पछि तीन जना मध्ये दुई छान्न मतदान भएको थियो । मतदानमा महेन्द्रदेव श्रेष्ठले २०, केशब देवकोटाले २३ र विनोद खड्काले २६ मत ल्याएको निर्वाचन समितिका हरि पोख्रलेले वताए । वढी मत ल्याउने खड्का र देवकोटा सिफारिसमा परेका छन् । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा वर्तमान संसद गणेश पहाडी र पार्टी जिल्ला अध्यक्ष प्रदिप कटुवालले दावि नछोडे पछि दुवैको नाम सिफारिस गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »