Powered by Blogger.
संघिय समाजबादीबाट संघ र प्रदेशका उम्मेदवार सिफारिश

बुद्ध नेपाली,

सिन्धुली,२२ असोज – संघिय समाजबादी फोरम नेपाल सिन्धुलीले आगामी मसिर २१ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ । 



संघिय समाजबादी फोरम नेपालको शनिवार बसेको पार्टीको बैठकले प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नंम्बर १ बाट प्रत्यक्ष तर्फ प्रदेश समिति सदस्य टिका घिसिङ र निर्वाचन क्षेत्र नंम्बर २ बाट प्रत्यक्ष तर्फ पार्टी जिल्ला संयोजक अरुन आलेको नाम सिफारिस गरेको संघिय समाजबादी फोरम नेपाल सिन्धुलीले जनाएको छ । 
प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ निर्वाचन क्षेत्र नं १ बाट महिला फोरमका अध्यक्ष सरिता तामाङ र निर्वाचन क्षेत्र नं २ बाट पार्टी जिल्ला सचिव भरत योञ्जनलाई सिफारिस गरेको छ । प्रदेश सभाका लागि क्षेत्र नं १ (क) बाट जिल्ला सदस्य विरबहादुर सुनुवार, निर्वाचन क्षेत्र नं २ (क) बाट राम कुमार श्रेष्ठलाई उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरिएको संघिय समाजबादी फोरम नेपाल सिन्धुलीका जिल्ला अध्यक्ष अरुन आलेले जानकारी दिए । 

प्रदेशसभाका लागि समानुपातिक तर्फ निर्वाचन क्षेत्र नं १ (क) बाट सुनिता सुनुवार निर्वाचन क्षेत्र २ (क)बाट सुनकाजि बर्देवालाई सिफारिस गरेको छ । प्रदेशसभाका लागि सिफारिस हुन बाँकी निर्वाचन क्षेत्र १ (ख) र निर्वाचन क्षेत्र नं २ (ख) को बारेमा छलफल भइरहेको अध्यक्ष आलेले बताए । 

0 comments

Write Down Your Responses

second_add