Powered by Blogger.
अन्यौलता कै वीच उमेदवारी सिफारिस

सिन्धुली,२१ असोज – नेकपा एमाले र नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले तालमेल कुन क्षेत्र कसको भागमा पर्ने भन्ने टुंगो नलागि अन्यौलताको विचमा उमेदवार सिफारिस गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र वीच केन्द्रमा नै ६० र ४० भागवण्डा गर्ने सहमति भएको छ ।


अन्यौलताको विचमा एमाले र माओवादीले उमेदवारी सिफारिसका लागि छलफल चलाई रहेको छ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन क्षेत्र २ को उमेदवार टुंगो लगाई सकेको छ भने प्रदेश सभाको लागि निर्वाचन क्षेत्र नं. १(क) र (ख) र निर्वाचन क्षेत्र नं. २(ख) को उमेदवार टुंगो लगाई सकेको छ । नेकपा माओवादी केन्द्रको भने शुक्रवार वसेको जिल्ला कमिटी बैठकमा सदस्यको धारण सुन्नेर कार्यालय टिमले निर्णय दिने टुंगो भएको छ । कार्यालय टिमको बैठक आईतवार वस्ने जिल्ला इन्चार्ज विशमलाल अधिकारी दनुवारले जानकारी दिए ।

नेकपा एमालेले प्रतिनिध सभाको लागि निर्वाचन क्षेत्र नं. १ बाट पार्टी जिल्ला अध्यक्ष प्रदिप कटुवाल र वर्तमान संसद गणेश पहाडी मध्ये कसलाई गर्ने टुंगो लाग्न सकेको छैन । सहमति गर्न शुक्रवार भिमानमा बैठक वसे पनि टुंगो लाग्न सकेन । वैठक पून आज  वस्ने गरि स्थगित भएको छ । यस क्षेत्रमा माओवादीले उमेद्वार वनाउने कुनै कसरत गरेको देखिदैन । 

निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेले जिल्ला कमिटि सदस्य तथा सिलाई व्यवसायी संघ केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठलाई उमेद्वार वनाउन सर्वसमत सिफारिस गरेको छ । माओवादी केन्द्रले यस क्षेत्रलाई आफ्नो दावि गर्दै पूर्व कृषि विकास मन्त्री हरिबोल गजुरेललाई उमेदवार वनाउने तयारी गरेको छ । वामपन्थि घटकमा निर्वाचन क्षेत्र नं. १ नेकपा एमाले र निर्वाचन क्षेत्र नं. २ माओवादी केन्द्रले लिने लगभग पक्कापक्कि जस्तै छ ।
एमालेले निर्वाचन क्षेत्र नं. १ अन्तरगतका प्रदेश सभा सदस्यको लागि दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको वडा नं. ८,९,१०, १३ र १४ मिलेर वनेको निर्वाचन क्षेत्र (क)मा लक्ष्मण कार्की सर्वसम्मत सिफारिस गरेको छ भने नेकपा माओवादी केन्द्रले डम्बरबहादुर कार्कीलाई उमेदवार वनाउने तयारी गरेको छ । यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेसँग थोरै मतले माओवादीले हारेको थियो ।

तिनपाटन, फिक्कल र गोलञ्जोर मिलेर वनेको निर्वाचन क्षेत्र (ख) मा कुमारबहादुर कार्की(रामकुमार) लाई सिफासिर गर्ने सर्वसम्मत निर्णय गरेको छ । यस क्षेत्रमा माओवादी केन्द्रले उमेदवार दिने कुनै तयारी गरेको छैन । नयाँ शक्तिको पनि खासै प्रभाव देखिदैन ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा कमलामाई नगरपालिका र सुनकोशि गाउँपालिका मिलेर वनेको प्रदेश निर्वाचन क्षेत्र (क)मा पूर्व केन्द्रिय सदस्य केशव देवकोटा, पार्टी जिल्ला सह–सचिव महेन्द्र देव श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य विनोद खड्का, वुद्धिजिवी संगठनका फाल्गुणी शर्मा र अनेमसंघका पार्वती भट्टराईको दावि रहेको छ । पाँच जना मध्ये एक जना सर्वसम्मत गर्न पटक पटक वैठक वसेपनि सहमतिमा पुग्न सकेको छैन । आईतवारको लागि पून वैठक वोलाईएको छ । यस क्षेत्रमा युवा नेता महेन्द्रदेव श्रेष्ठलाई उमेदवार वनाउन कार्यकर्ता पक्तिबाट दवाव आईरहेको वुझिएको छ । 

यो क्षेत्रको कमलामाई नगरपालिकामा ठूलो मतान्तरले प्रमुख/उपप्रमुख जितेकोले गठवन्धन भए पनि एमालेले यो क्षेत्र नछोड्ने पक्षमा रहेका छन् । तर यस क्षेत्रमा नयाँ शक्तिको नेता गंगानारायण श्रेष्ठ उमेदवारी वनाउने कुराले नेकपा एमाले र नेकपा माओवादी केन्द्र भित्र ठूलै तरङग पैदा भएको छ । यस क्षेत्रमा माओवादीले पनि दावि गरेको छ । यस क्षेत्रमा माओवादीका जिल्ला अध्यक्ष राजन दाहाललाईउमेदवार वनाउने तयारी गरेको छ ।

मरिण, घ्याङलेक र हरिहरपुरगढी गाउपालिका मिलाएर वनेको निर्वाचन क्षेत्र नं. २(ख) मा नेकपा एमालले जिल्ला सचिव सुर्य पाख्रिनलाई सर्वसम्मत उमेदवार  चयन गरेको छ । नेकपा माओवादी केन्द्रको गढ क्षेत्र रहेको यस क्षेत्रमा माओवादीले दावि गरिरहेको छ । यस क्षेत्रमा माओवादीका करिब एक दर्जन नेता आकाक्षिँ रहेका छन् । पूर्वविधायक वुद्धिमान माझी, पूर्व संविधान सभा सदस्य निरु दर्लामी, नेता प्रकाश श्रेष्ठ, रामकुमार पौडेल, गणेश वुढाथोकी लगायतले यस क्षेत्रमा दावि गरिरहेका छन् । नयाँ शक्तिका पनि सुरदबहादुर स्याङतान, हरि श्रेष्ठ लगायतका नेताहरुको दावि रहिरहेको बुझिएको छ । 

0 comments

Write Down Your Responses

second_add