वर्मा सिन्धुलीबाट एक मात्र महिला उमेदवार

प्रकाशित समय 5:39 PM
सिन्धुली,२१  – नेपाली काँग्रेसले निर्वाचन प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. २(क)बाट महिला नेतृ विजुला वर्मा एक मात्र उमेदवार  सिफारिसमा परेकी छिन् । 


प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन क्षेत्र दुई ओटा र प्रदेश सभा सदस्यका लागि ४ ओटा रहेकोमा अरु कुनै पनि दलले महिला उमेदवार  सिफारिस गरेको छैन । नेकपा एमाललेबाट यसै क्षेत्रमा महिला नेतृ पार्वति भट्टराईले दावी गरे पनि हाल सम्म निर्णय हुन सकेको छैन । 

२०४७ साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी वर्मा २०४८ मा नेपाल महिला संघको जिल्ला कार्यसमिति सदस्य र पार्टीको पनि जिल्ला कार्यसमिति सदस्य भएकी थिईन् । २०५१ मा पद्मकन्या क्याम्पसको  उपसभापति भएकी वर्मा नेवि संघको दुई कार्यकाल केन्द्रिय सदस्य हुदै २०६१ सालमा नेवि संघको केन्द्रिय उपाध्यक्ष समेत जिम्मेवारी समालेकी थिईन् । 

हाल प्रजातान्त्रीक सेनानी संघ सिन्धुलीको कोषाध्यक्ष र नेपाल महिला संघको केन्द्रिय सदस्यको जिम्मवारी समालेकी वर्मा नेपाली काँग्रेसको प्रभावशाली महिला नेतृ हुन् । समानुपातिक प्रतिनिधित्व हुनको लागि पनि जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ४ ओटा मध्ये प्रत्येक महिला अनिवार्य हुन्छ । अन्य स्थानबाट महिला उमेदवार सिफारिस नभएकोले पनि वर्मा उमेदवार  हुने सम्भावना वलियो रहेको पार्टी श्रोतले जनाएको छ । 



फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »