मोहनविक्रम स्मृति फुटबल प्रतियोगिता आजबाट

प्रकाशित समय 5:15 PM
सिन्धुली,२१ असोज – मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता आज(शनिवार)बाट भिमानमा सुरु हुने भएको छ ।


भिमान युवा क्लव र सिन्धुली पुनःनिर्माण तथा पुनःस्थापन अभियानको संयुक्त आयोजनामा हुने फूटबल प्रतियोगिताको उदघाटन शनिवार एक औपारिक कार्यक्रम गरि मोहनविक्रम थापाका छोरा समाजसेवी उज्वलविक्रम थापाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

प्रतियोगिताको सम्पर्ण तयारी पुरा भएको सिन्धुली पुनःनिर्माण तथा पुनःस्थापना अभियानका अभियान्ता इन्द्र भुजेलले जानकारी दिए । प्रतियोगितामा कमलामाई नगरपालिका तथा छिमेकी गाउँपालिका तथा नगरपालिकाका खेल समुहहरु सहभागि रहने छ । 

प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार र दोश्रो पुरस्कार ४० हजार राखिएको आयोजकले जनाएको छ । मोहनविक्रम थापाको स्मृतिमा जिल्ला स्तरी कराते प्रतियोगिता सञ्चालन भई सकेको छ भने चाडै महिलाको पाठेघरको निशुल्क अप्रेशन शिविर सञ्चालन गर्ने योजना रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »