Powered by Blogger.
नेपाली काँग्रेसको चियापान कार्यक्रम

सिन्धुली,२० असोज – नेपाली काँग्रेस सिन्धुलीले बिहिवार  विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णीमाको अबसर पारी चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।


२०३३ सालमा प्रवासबाट स्वदेश फर्केपछि जननायक विपी कोईरालाले सुरु गरेको परम्परालाई निरन्तरता दिदै कोजाग्रत पूर्णीमाको दिन केन्द्रमा हुने शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष प्रदेशसभा निर्वाचन क्षेत्रमा गरिएको हो । ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कार्यक्रम गर्ने केन्दीय कार्य समितिको परिपत्र अनुसार सिन्धुलीमा पनि कार्यक्रम गरिएको नेपाली काँग्रेस सिन्धुलीका जिल्ला सभापति उज्ज्वल बरालले जानकारी दिए । 

जिल्लाका ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र मध्य बिहिवार ३ वटा निर्वाचन क्षेत्रमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको सभापति बरालले बताए । सिन्धुलीको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ अन्र्तगत दुधौली नगरपालिकामा,निर्वाचन क्षेत्र नं २ अन्र्तगत तिनपाटनमा र निर्वाचन क्षेत्र नं ३ अन्र्तगत कमलामाई नगरपालिकामा कार्यक्रम गरिएको छ । 

निर्वाचन क्षेत्र नं १ अन्र्तगत दुधौली स्थित बालज्योति प्रा.वि को चौतारामा दुधौली नगरपालिकाका नगरसभापति कुमार बस्नेतको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका बारेमा छलफल भएको सभापति बरालले जानकारी दिए । कार्यक्रममा सांसद मोहन बरालको पनि उपस्थिती रहेको थियो ।

 निर्वाचन क्षेत्र नं २ को तिनपाटन गाउपालिकाको चकमकेमा कार्यक्रम गरिएको छ । निर्वाचन क्षेत्र नं ४ अन्र्तगत मरिण गाउँपालिकाको कार्यक्रम शनिवार गर्ने निर्णय भएको बताइर्एको छ ।  

0 comments

Write Down Your Responses

second_add