Powered by Blogger.
तालमेलले ब्युरोक्रेसी उत्साहित ?


काठमाडौं, २० असोज- दलीय ध्रुवीकरणले राजनीति र प्रशासनमा स्थिरता आउन सक्ने भन्दै प्रशासनिक क्षेत्र पनि उत्साहित र तरंगित बनेको छ । प्रशासनिक क्षेत्र (ब्युरोक्रेसी)लाई स्थायी सरकारका रूपमा लिइन्छ । राजनीतिक र प्रशासनिक नेतृत्व एकअर्काका परिपूरक पनि हुन् । राजनीतिक स्थिरता हुन सके ब्युरोक्रेसीले कुशलतापूर्वक काम गर्न सक्ने र राजनीतिक नेतृत्व पनि सफल हुने प्रशासकहरूको विश्वास छ ।


दुई दशकयता ठूलो राजनीतिक परिवर्तन भए पनि अस्थिरताका कारण सरकार र ब्युरोक्रेसी दुवै ‘निकम्मा’ देखिएका छन् । अहिले देखिएको दुई राजनीतिक धारका कारण स्थिरता कायम हुन सक्ने भन्दै प्रशासनिक क्षेत्र उत्साहित बनेको उनीहरूले बताएका छन् ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले राजनीतिक ध्रुवीकरणका बारेमा ब्युरोक्रेसीले कुनै धारणा नबनाए पनि रुचिपूर्ण रूपमा हेरिरहेको बताए । ‘दुईवटा राजनीतिक धारको विकाससँगै स्थिरता कायम हुन सके सजिलै समृद्धिको ढोका उघ्रन सक्छ’, मुख्यसचिव क्षेत्रीले भने, ‘त्यसैले यसलाई हामी सबैले सकारात्मक रूपमा लिएका छौं ।’

विगतमा राजनीतिक स्थिरता हुन नसक्दा प्रशासनिक क्षेत्र पनि अस्थिर बनेको र विकास प्रक्रिया सुस्त भएको उनको भनाइ छ । आजकोअन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

second_add