Powered by Blogger.
नेपाली काँग्रेसको प्रतिनिधिसभा सदस्यमा थापा सर्बसम्मत सिफारिस

सिन्धुली,२० असोज –आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा उमेदवार सिफारिस गरेको छ ।


विहिवार नेपाली काँग्रेस २ नं. क्षेत्रिय समितिको बैठकले सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्वेदवारका लागि सर्बसम्मत रुपमा नरेन्द्र जङ थापालाई उमेदवार वनाउने निर्णय गरेको नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सचिब बोध बिक्रम थापाले जानकारी दिए ।

पहिलो आम निर्वाचन २०४८ मा जिल्ला सभापति समेत भई सकेका थापा सिन्धुलीमा लोकप्रिय नेता हुन् । राजनीतिक जिवनमा कुनै लोभलालच नभएका स्वच्छ छविका थापा पञ्चायत विरोधि आन्दोलन २०२८ बाट नै राजनीतिमा सक्रिय भएका थिए । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि देखि महासमिति सदस्य समेत भई सकेका थापा हाल पार्टीको महाधिवेन प्रतिनिधि हुन् ।

नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं. २ अन्तरगतको प्रदेश प्रतिनिधि सभा सदस्य उमेदवार को लागि दुई ओटै क्षेत्रमा ८/८ जनाको नाम सिफारिस भएको थापाले बताए । कमलामाई नगरपालिका (वडा नं. ८, ९, १०, १३ र १४ बाहेक) र सुनकोशि गाउपालिकाकामा मिलेर वनेको प्रदेश निर्वाचन क्षेत्र नं. २ (क)मा  उपेन्द्र पोखरेल,बिजुला बर्मा, कपिल कोईराला, कुमार ढकाल, माणिक ढकाल, श्यामकाजी श्रेष्ठ, दिपक घिमिरे र मिनबहादुर श्रेष्ठको नाम सिफारिस भएको  थापाले जानकारी दिए ।

त्यस्तै घ्याङलेक, मरिण र हरिहरपुरगढी गाउपालिका मिलेर वनेको प्रदेश निर्वाचन क्षेत्रनं.२ (ख) मा अच्युतम ढकाल,  छत्र बहादुर बम्जन,चेख बहादुर थिङ, खड्गबहादुर वाईवा, नबराज श्रेष्ठ(आकाश),  सरोज मैनाली, दिवस वाईवा, भक्तबहादुर वाईवाको नाम नाम सिफारिस भएको थापाले बताए ।

खड्गबहादुर वाईवा संविधान सभा निर्वाचन २०७० को उमेद्वार हुन् भने छत्र बहादुर बम्जन जिल्लाका नाम चलेका निर्माण ब्याबसायी हुन । अच्यूतम स्थानीय तह निर्वाचनमा कमलामाई नगरपालिका वडा नं. १ बाट निर्वाचति वडा सदस्य हुन् । उनलाई पार्टीले जिल्ला समन्वय समितिको प्रमुख वनाउने भने पनि पछि शम्भु राउतलाई उमेदवार वनाएका थिए ।

सिन्धुली निर्वाचन क्षेत्र नं. १ को लागि उमेद्वार छनौटका लागि २२ गते बैठक वस्ने पार्टी सचिव दिपक घिमिरेले वताए । निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि वर्तमान संसदका कृषि, जलश्रोत समितिका सभापति मोहन बराल, जिल्ला पार्टी सभापति उज्वल वराल, महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दाहाल, विनोद गुरुङ आकाँक्षि रहेका देखिन्छ । पूर्व स्वास्थ्य मन्त्री विपीन कोईराला भने यस पटक समानुपातिक तर्फ जाने तयारीमा रहेका छन् ।

निर्वाचन क्षेत्र नंं १ अन्तरगत प्रदेश सभाका लागि दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको वडा नं. ८, ९, १०, १३ र १४ बाट गंगा गिरी, सम्भु राहुत, लालबहादुर थापा, दिनेश अधिकारी लगाएत आकाँक्षी रहेका छन् । यी आकाँक्षी मध्य यस पटक गंगा गिरीले टिकट पाउने सम्भावना वलियो रहेको छ । त्यस्तै तिनपाटन, फिक्कल र गोलञ्जोर गाउपालिका मिलेर वनेको निर्वाचन क्षेत्रमा श्याम घिमिरे र सरद आचार्यको नाम चर्चामा रहेका छन् । यहाँ केन्द्रिय सदस्य श्यमा घिमिरेको संभावना बलियो रहेको छ । 

0 comments

Write Down Your Responses

second_add