टिकट नकाटी डबल भाडामा गाडी सञ्चालन

प्रकाशित समय 5:22 PM
सिन्धुली,२० असोज – दशै सकिएर आफ्नो कार्य क्षेत्रमा फर्किने यात्रुलाई बढी भाडा असुलेर टिकट नकाटी यात्रुवाहक गाडी सञ्चालन गरिरहेका छन् ।


दैनिक करिब ४० देखि ५० ओटा टाटासुमो बुलेरो सिन्धुली काठमाडौँ सञ्चालन भई रहेकोमा दशै पश्चात रिर्जभको नाममा बसपार्क बाहिरबाट नै दोबर भाडामा गाडी सञ्चालन गरिरहेका छन् । सिन्धुलीबाट साना यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने सिन्धुलीगढी यातायात सेवासमिति , हिमाल तराई यातायात सेवासमिति , चुरियामाई यातायात सेवासमिति को केहि दिन देखि टिकट काउन्टर नै बन्द रहेको यात्रुहरुले गुनासो गरिरहेका छन् । 

विपी यातायात प्राली, विजयकिल्ला यतायात प्राली, रोयल विजयकिल्ला प्राली र कमलामाई यातायात सेवा समितिको काउन्टर सञ्चालन भए पनि काउन्टरबाट सधाको तुलनामा न्यून मात्रामा सवारी साधन छुटेका छन् । 

काउन्टरमा टिकट काट्न जाँदा तिन दिनको लागि टिकट वुक भई सकेको वताए पछि काठमाडौँ जान नपाएर चिन्तित भएका सिन्धुली हिरापानीका डोरविक्रिम थापा एकै छिनमा एक हजार दिने भए अहिले नै गाडी हिड्न लाग्यो भनेर एक जनाले भने पछि बाध्य भएर एक हजार तिरेर काठमाडौँ हिडेको वताए । सिन्धुलीबाट काठमाडाँै साना सवारी साधनले सामान्य अवस्थामा ६ सय रुपैया लिने गरेका छन् । 

काउन्टरबाट टिकट सकियो भन्ने र बाहिर बाहिर एक हजारमा सिन्धुली काठमाडौँ बोक्ने गरेको यात्रुहरुले गुनासो गरेका छ । दशै मान्न घर आउन पनि डबल भाडा तिर्न बाध्य भएका यात्रु काठमाडौँ फर्किदा पनि डबल भाडा तिर्न बाध्य छन् । साना सवारी साधन मात्र होईन ग्रामिण क्षेत्रमा सञ्चालन हुने तथा राजमार्गमा सञ्चालन हुने ठूला सवारी साधनले पनि मनपरि भाडा असुल्ने गरेका छन् । 


सिन्धुलीबाट ग्वालटार एक सय पचास भाडामा हिडि रहेका यात्रु दशै पछि यात्रु वढे पछि दुई सय पचास भाडा लिने गरेको यात्रुहरुले गुनासो गरिरहेका छन् । टिकट उपलब्ध नगराउने र गाडीमा नै मनपरि भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका हुन् ।  

सिन्धुलीगढी यातायत सेवा समितिको सिन्धुलीबाट सञ्चालन हुने १८ ओटा गाडी मध्य विहिवार ५ ओटा मात्र काउन्टरबाट टिकट काटेर छुटेको काउन्टरका कृष्ण विकले वताए । अन्य रिर्जभमा सञ्चालन भई रहेको छ । दुई तिन दिनको लागि गाडी वुकिङ भई सकेकोले काउन्टर वन्द गरेको समेत विकले वताए । 

कमलामाई यातायात सेवा समितिको १३ ओटा गाडीमा ६ ओट काउन्टरबाट टिकट काटेर नै सञ्चालन भएको र काठमाडौँबाट ७ ओटा सिन्धुली आएको कमलामाई यातायात सेवा समितिले जनाएको छ । 

विजयकिल्ला र रोयल विजयकिल्लाको थोरै संख्यामा हायस् गाडी भएको र नियमित टिकट काटेर नै सञ्चालन भई रहेको जनाएको छ । हिमाल तराई यातायात सेवा समिति, चुरियामाई यातायत प्राली र सिन्धुलीमा काउन्टर राखेर बाहिरबाट सञ्चालित छन । यी यातायातको गाडीहरु यात्रुको संख्या वढ्ना साथ काउन्टर वन्द गरेर बाहिरबाट बढी भाडा लिएर सञ्चालन गर्ने गरेको यात्रुहरुले वताएका छन् । यी यातायातले काउन्टरमा उपलब्ध गराएका सबै नंम्बर स्वीचअफ गरिएका छन् । 

दैनिक तीन सय देखि चार सय साना ठूला सवारी साधन सिन्धुली भित्रिने र सिन्धुलीबाट बाहिरिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बढी भाडा लिने गाडीलाई विभिन्न स्थानमा चेकिङ गरेर कारवाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहिवार सिन्धुलीबाट सञ्चालन हुने टिकट नकाटि सञ्चालन भएका ११ ओटा साना गाडी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार रामेश्वर पाण्डेले वताए । अन्य जिल्लाका १० ओटा गाडी पनि कारवाहीमा परेको पाण्डेले वताए । 

टिकट नकाटि वढी भाडा लिई सञ्चालन भएका सवारी साधनलाई यातायात व्यवस्था ऐन अनुसार पाँच हजार देखि पच्चिस हजार सम्म जरिवाना हुने पाण्डेले वताए । सवारी साधनको कागजपत्र नियन्त्रणमा लिई निर्धारित भाडादर अनुसार टिकट कटाई सवारी साधन गन्तव्य तर्फ पठाईएको समेत पण्डेले वताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »