स्थानीय तहमा एमाले काँग्रेसभन्दा ८३ हजार भोटले अगाडी

प्रकाशित समय 9:47 PM
काठमाडौँ ,१९ असोज– तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ०४१ प्रतिनिधि निर्वाचित भइसकेका छन् । 


वैशाख ३१, असार १४ र असोज ३ गते भएको निर्वाचनमा सबैभन्दा धेरै एमालेका १४ हजार ९८ प्रतिनिधि निर्वाचित भएका छन् । यो प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको कुल आँकडा हो ।

दोस्रोमा नेपाली काँग्रेसका उमेदवार ११ हजार ४५७ उमेदवार विजयी भएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका ५ हजार ४४१ उमेदवारले जित हासिल गरे ।

जसमा प्रतिशतका आधारमा एमालेले ४०.२३ प्रतिशत, काँग्रेसले ३२.६९ प्रतिशत र माओवादीले १५.५३ प्रतिशत उमेदवार विजयी बनाउन सक्यो ।

काँग्रेसलेभन्दा २ हजार ६०१ बढी उमेदवार विजयी बनाउन सफल एमालेले पपुलर भोट भने ८३ हजार ३०० मात्रै बढी ल्याएको छ । 

स्थानीय तहको निर्वाचनमा भोट गरिने सबै पदको प्राप्त मतको औसतका आधारमा निकालिएको पपुलर भोटमा एमालेले ३० लाख ६५ हजार ५४० मत पाउँदा काँग्रेसले २९ लाख ८२ हजार २४० मत प्राप्त गरेको छ ।

कुल खसेको मतमा ९१ लाख २६ हजार ७०४ मत सदर हुँदा एमालेले ३३.५९ प्रतिशत भोट प्राप्त गरेको छ भने काँग्रेसले ३२.६८ प्रतिशत मत प्राप्त गरेको छ ।    

त्यसैगरी तेस्रो स्थानमा रहेको माओवादीले १६ लाख २ हजार ४५० हजार मत प्राप्त गरेको छ । जुन प्रतिशतमा १७.५८ हुन आउँछ । 
चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ३ लाख ८६ हजार ७८३ मत अर्थात ४.२४ प्रतिशत प्राप्त गरेको छ । २८५ मात्रै प्रतिनिधि निर्वाचित भएको राप्रपा पपुलर भोटको औसतमा २ लाख ९० हजार १५६ मत प्राप्त गरेको छ । 

यता तेस्रो चरणको निर्वाचनमा मात्रै सहभागी भएको राष्ट्रिय जनता पार्टीले १ हजार ११२ प्रतिनिधि विजयी गराउँदा पपुलर भोट भने औसतमा २ लाख ५१ हजार ६१५ मत प्राप्त गरेको छ । 

त्यसपछि विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले १ लाख २४ हजार ६५४ मत प्राप्त गरेको छ । यस्तै स्वतन्त्र उमेदवारले औसतमा १ लाख १९ हजार ७२९ मत प्राप्त गरेका छन् । 

यसैगरी चुनावमा सहभागी ३६ दलले ३ लाख ३ हजार ५३७ अर्थात ३.३२ प्रतिशत औसत मत प्राप्त गरेका छन् । 



फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »