Powered by Blogger.
डबलक्याप वुलेरो दुर्घटना हुदा १५ जना घाईते


सिन्धुली, १८ असोज – विपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्ड अन्तरगत कमलामाई नगरपालिका वडा नं. २ चियावरी नजिक आज डबलक्याप वुलेरो दुर्घटना हुदा १५ जना घाईते भएका छन् । 


घ्याङलेक गाउँपालिका अमलेबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा ७ च ६३७ नंम्बरको डबलक्याप वुलेरो दुर्घटना हुदा १५ जना घाईते भएको हो । राजमार्गमा एउटा निजी कारलाई सामान्य ठकर दिएर भाग्नेक्रममा घुम्तिमा दुर्घटना भएको घाईते धनकुमार वाईवाले वताए । 

‘पहिला देखि नै तिब्र गतिमा चलाई रहेको थियो, एउटा कारलाई छोयो, कार रोकिएर पखपख भन्दै थियो, डाइभरले गाडी दौडायो घुम्तिमा ग्वाम्मै घोप्टीयो, गाडीमा कोचाकोच २०/२५ जना थियौं’ घाईते वाईवाले भने । गाडी चालक दुर्घटना पश्चात फरार रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाईते हुनेमा अमलेका आईसा लामा, धनकुमार वाईवा, युवराज वाईवा, साईली माया घिसिङ, पुर्णबहादुर वाईवा, युनिका थिङ, अनिल वाईवा, वस्तिपुरका मन्दिरा वाईवा, राधिका लामा, मन्जु वाईवा, आस्मा वाईवा, विनायक राई तामाङ, विरुता घिसिङ, अनोज घलान, रोसन वाईवा रहेका छन् । 


घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको तर खतरा मुक्त रहेको सिन्धुली अस्पताल सिन्धुलीले जनाएको छ । सिन्धुलीका ग्रामिण क्षेत्रमा अघिकाँश सामान बोक्ने साना सवारी साधन सञ्चालनमा रहेका छन् । ग्रमिण सडकमा रातो नम्बर प्लेटका सवारी साधनले यात्रु वोक्दा दुर्घटना पछि विमा सुविधा नहुदा घाईतेहरु विचल्लीमा पर्ने गरेका छन् । 

0 comments

Write Down Your Responses

second_add