Powered by Blogger.
खोलाले बगाएर पाँच जना बेपत्ता

सर्लाही, १७ असोज १७ (रासस)– लखन्देही नदीले बगाएर सोमबार पाँच जना बेपत्ता भएका छन् । 

प्रहरीका अनुसार अपराह्न वर्षापछि लखन्देहीमा आएको बाढीले पत्थरकोटस्थित जियाजोरबाट आमासहित तीन छोराछोरी बगाएर बेपत्ता भएका छन् । बडादशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा २९ वर्षीया राधिका ढुंगाना र उनका सात वर्षीय छोरा किस्मत, पाँच वर्षीया छोरी कृतिका र एक वर्षीय छोरा कृतिलाई बाढीले बगाएको सर्लाहीका प्रहरी प्रमुख मसाउँदआलम खाँले बताए । 


यसैबीच भैँसी चराएर फर्किंदै गर्दा खोलाले बगाएर बेपत्ता लालबन्दी– २ जुटपानीकी ५५ वर्षीया भीममाया काफ्लेको शव भने प्रहरीले फेला पारेको छ । 


त्यस्तै पिंडारीका ६० वर्षीय रामदेव साह कलुवारलाई पनि बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नदीले बगाएका सबैको आज बिहानैदेखि प्रहरी परिचालन गरी खोजी भइरहेको छ । 

0 comments

Write Down Your Responses

second_add