Powered by Blogger.
प्रचण्ड पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री र माधव नेपाल राष्ट्रपति बन्ने !


काठमाडौं, १७ असोज– नेपालका दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको छ । 




पार्टी एकताका लागि एमाले र माओवादीका शीर्ष नेता सम्मेलित उच्चस्तरीय समिति नै गठन भइसकेको छ । पार्टी एकीकरण भएपछिको जिम्मेवारी बाँडफाँट गर्ने विषयमा पनि दुवै पार्टीका दोस्रो तहका नेताबीच छलफल भइरहेको छ । 

नेकपा माओवादी केन्द्र स्रोतका अनुसार पार्टी एकता पछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मान्ने, केपी ओलीलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विषयमा छलफल भइरहेको छ । उक्त प्रस्ताव एमालेको पक्षबाट आएको वार्तामा सहभागी माओवादीका प्रभावशाली नेताले बताए । 

यस्तै उपराष्ट्रपति र सभामुख माओवादीतर्फका नेतालाई बनाउने विषयमा एमाले नेताले सहमती जनाइसकेका बुझिएको छ । 

एकीकरणपछि संयुक्त महाधिवेशन नहुन्जेलसम्म पार्टी सञ्चालनका लागि ७ सदस्यीय संयोजन समिति गठन गर्ने विषयमा दुवै पार्टीका नेताबीच छलफल भइरहेको छ । उक्त समितिमा एमालेबाट ४ र माओवादीबाट ४ जना सहभागी हुने लगभग सहमती भएको एक एमाले नेताको भनाइ छ । 

पार्टी एकीकरणपछि पार्टीको नाम नयाँ राख्ने, अहिलेका लागि सूर्य चिह्नमा चुनाव लड्ने प्रारम्भिक समझदारी भइसकेको छ । 

सैद्धान्तिक रुपमा बहुदलीय जनवाद र माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धलाई बहसमा लैजाने दुवै पार्टीका नेताबीच प्रारम्भिक समझदारी बनेको छ । 

एमालेसँगको पार्टी एकताको प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डले सोमवार बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठकमा राखेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा माओवादीका अधिकांश नेताले सहमति जनाए पनि गोपाल किराँती, मात्रिका यादव र मणि थापाले भने असहमति जनाएको माओवादी स्रोतले जनायो ।

0 comments

Write Down Your Responses

second_add