पार्टी एकता होइन, एमालेसँगको विलय होः गोपाल किराती

प्रकाशित समय 11:07 PM

काठमाडौं, १७ असोज–  माओवादी केन्द्रका नेता गोपाल किरातीले एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गर्दै माओवादी आन्दोलनले आत्मसमर्पण गर्न नसक्ने बताएका छन् ।



पार्टी सचिवालय सदस्यहरुको सोमबार सम्पन्न बैठकमा एमालेसँग एकताको विपक्षमा उभिने उनी एक्ला नेता थिए । अध्यक्ष प्रचण्डले एकता सम्बन्धि सातबुँदे प्रस्ताव प्रस्तुत गरेलगत्तै किराती सो प्रस्तावको विरोधमा उभिएका थिए । पार्टी एकताबारे प्रचण्डले केही समय गरेको ‘ब्रिफिङ’मा पनि उनले सहमति जनाएनन् ।

‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’कम्तिमा एउटा चुनाव माओवादी भएरै लड्नुपर्ने भन्दै किरातीले  भने, ‘माओवादीलाई एमालेमा विलय गर्ने कुरा स्वीकार्य हुँदैन, म विद्रोह गर्छु ।’

सचिवालय बैठकमा किरातीले एमाले पहिचानविरोधी पार्टी भएको औंल्याउँदै ‘पहिचान माओवादीले उठाएको मुद्दा भएकाले एमालेसँग एकता गरेपछि यो मुद्दा के हुन्छ ? भन्दै उनले अध्यक्ष प्रचण्डलाई नै प्रश्न गरेका थिए ।

माओवादी प्रवेश गर्नुअघि किरात वर्कर्स पार्टी गठन गरेर पूर्वी पहाडमा भूमिगत गतिविधिमा संलग्न थिए, किराती । माओवादी प्रवेशपछि पनि उनी पहिचानको मुद्दामै केन्द्रित देखिएका छन् ।


 उनी अहिले माओवादी केन्द्रबाट प्रदेश १ को मुख्यमन्त्रीका आकांक्षी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »