सितलपाटीका भुकम्प प्रभावितहरुको यसपालिको दशै नयाँ घरमा

प्रकाशित समय 7:03 PM

बुद्ध नेपाली,

सिन्धुली १६ असोज– सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ६ सितलपाटीकी ६६ वर्षिया वृद्धा धनलक्ष्मी तिमल्सीनाको घरमा यसपालिको दशैंको खुसि पोहोर,परार सालको भन्दा बेग्लै किसिमले मनाइन । 


साढे २ वर्ष अगाडि २०७२ बैशाख १२, १३ र २९ गते आएको महाभुकम्पले घर भत्किए पछि टहरामै २ वटा दशैं मनाएका तिमल्सीनाका परिवारले यसपालिको दशै भुकम्प प्रतिरोधी नयाँ घरमा खुसिका साथ मनाए । तिमल्सिनाले भनिन,‘ भुकम्पबाट बचेर टहराको दुःख सहेर बनाएको नयाँ घरमा यसपालिको दशै खुसि साथ रमाइलो गरि मनाएऔँं ।’ 

वडा नं ६ सितलपाटीकी सिता भुजेलले पनि भुकम्प पछिको दुइ वटा दशैं बारीको पाटामा बसेर दुःख साथ मनाइन ।  तर उनले यसपालिको दशै भने सरकारले दिएको ३ लाख अनुदानको रकम र केही आफुले थपथाप गरि रड, सिमेन्टको प्रयोग गरि पहिलो,दोस्रो,तेस्रो र चौथो डिपिसि समेत गरेको, हरियो जस्ताको छानो त्यस माथि सोलार प्यानल जडान भएको चिटीक्क परेको ३ कोठे भुकम्प प्रतिरोधी घरमा मनाइन । उनले भनिन ,‘ गरिवले बनि बुतो गरेर खोले साग सिस्नो खाए पनि नयाँ घर बनाएपछि सुत्नलाई आनन्द भएको छ ।’ यसपालिको दशै पहिलाको भन्दा फरक महसुस भएको बताइन । 

धनलक्ष्मी तिमल्सीना र सिता भुजेल जस्तै सितलपाटीकी पवित्रा भुजेलले पनि भुकम्प प्रतिरोधी घर बनाएर त्यही घरमा बसि सकेकी छिन । उनले पनि गएको २ वटा दशै टहरामै बाख्रा कुखुरासंग एउटै ठाउमा बसेर मनाइन । उनले  ज्यामी लगाएर घर बनाइसके यसपालिको दशै नया घरमा मनाइन ।

सितापाटीमा २०७२ बैशाख १२, १३ र २९ गते आएको भुकम्पले भत्किएका घरहरु धमाधम बन्न थालेका छन् । भुकम्प प्रतिरोधी घरहरु धमाधम बने सगै सितलपाटीको मुहार पनि फेरिएको छ । सितलपाटीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत ८८० वटा घरहरु बनाउने जिम्मा लिएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका अनुसार सितलपाटीमा अहिले सम्म   ३०० जनाले घर बनाई सकेका छन । 

अन्तिम किस्ता १ सय ३० जनाले ,तेश्रो किस्ता २ सय ८५ जनाले, दोस्रो किस्ता ५ सय ११ जनाले र ८ सय ६३ जनाले पहिलो किस्ता लगि सकेका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका भुकम्प प्रतिकार्य कार्यक्रमका कार्यक्रम संयोजक भरत श्रेष्ठको भनाई छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »