Powered by Blogger.
देउवा आफ्नो भाषणमै अनभिज्ञ , सोधे : यो कस्ले लेखेको?


काठमाडौं, २७ असोज– भाषणको विषयमा प्रधानमन्त्री देउवा कमजोर छन् भन्ने फेरि सार्वजनिक भएको छ भने उनका सहयोगीहरुको तयारी नराम्ररी चिप्लिएको छ। 


यसपाला भाषण कसले लेखेको भन्ने विषय उनैले पूर्वजानकारी पाएनछन्। जसले फेरि एकपटक झुक्किए। भाषण नै कसले लेखेको थाहा नपाएका देउवाले भाषण त पढेको हुने भएन नै। धन्न पहिले झै यसपाला उनले गलत सम्बोधन भने गरेनन्।

६२ ‌औँ प्रहरी दिवशको अवसरमा शुक्रवार प्रधानमन्त्री देउवा बिहानै प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए। प्रधानमन्त्री देउवा प्रमुख अतिथिको हैसियतमा थिए त्यहाँ। 

कार्यक्रमा गृह मन्त्री जनार्दन शर्मा, सुरक्षा निकायका प्रमुखहरु, पूर्व सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा गृह मन्त्री शर्माले आफ्नो मतव्य राखेपछि पालो आयो प्रधानमन्त्री देउवाको। सुस्त गतिमा देउवा ‌पोडिएमतर्फ लागे। उनलाई एक व्यक्तिले हातमा मन्तव्यपत्र थमाइदिए। देउवाले त्यही मन्तव्य हेर्दै बोल्नु थियो।

एक्कासी ती व्यक्तिलाई देउवाले प्रश्न गरे, 'यो भाषण कस्ले लेखेको हो?' देउवाले सोध्न त सुटुक्क सोधेका थिए तर माइकबाट घन्किएर सुनियो। केही गललल हाँसे। 

प्रधानमन्त्री देउवाका भाषण लेख्ने कलमजीवी धेरै रहेछन्- उनको प्रश्नले यस्तै जवाफ पाइन्थ्यो। अनि देउवा आफ्नो भाषण कार्यक्रममा आउनु अगाडि पढ्न पनि नभ्याउने रहेछन् जुन उनी आउने गाडीमै सरसर्ती हेर्न भ्याइन्थ्यो। 

त्यसपछि प्रधानमन्त्रीले आफ्नो मतव्य पूरै भने पढेनन् सायद माइकबाट कुरो चिप्लिएको उनले पनि राम्रैसँग चाल पाए। कतिपय भाषण उनले पढेर दिए भने कतिपय नहेरी नै। 

सम्बोधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले असान्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी सक्षम रहने विश्वास व्यक्त गरे।

नेपाल प्रहरीले सीमित श्रोत र साधनको वावजुत पनि उल्लेखिनीय काम गरेकोमा शुभकामना दिए।

देउवाको मन्तयव्यमा गडवड भएको यो पहिलो घटना भने होइन। उनी बाढी पीडितलाई राहत वितरण गर्न जाँदा पढ्नुपर्ने एउटा वक्तव्यको साटो अर्कै विषयको भाषण पढेर विवादमा तानिएका थिए।

0 comments

Write Down Your Responses

second_add