सांसदलाई बाटो खर्च दिएर भोली बिदाई गरिने

प्रकाशित समय 1:42 AM
काठमाडौं, २७ असोज –  संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका सांसदमा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् भोली बिदाई गरिंदैछ ।


संसदको आजको बैठक अन्तिम भएपनि भोली शनिबार विशेष बैठक डाकी सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ ।

सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् ।

अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि हुँदैछ । निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उमेदवारी दर्ता गर्ने म्याद दिएको छ । सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बोलाइएको सभामुखको निजि सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »