Powered by Blogger.
१० किलोमिटरको लागि ट्याम्पो करिब ४ करोड लगानी


सिन्धुली,२७ असोज –सिन्धुली सदरमुकाममा मात्र विभिन्न यातायात सेवा समितिले ७० ओटा अटो ट्याम्पो(तिन पाङ्गे्र मोटर रिक्सा) सञ्चालनमा रहेको छ । विपी यातायत सेवा समिति मार्फत ३७, फिक्कल यातायात सेवा समिति मार्फत २६ र जनमैत्री यातायात सेवा समिति मार्फत ७ ओटा अटो ट्याम्पो सञ्चालनमा रहेको छ । यी बाहेक अन्य व्यक्तिका नाममा रहेका करिब १० ओटा भन्दा वढी अटो ट्याम्पो सञ्चालनमा रहि रहेको छ । 


एउटा अटो ट्याम्पोलाई ५ लाख ५० हजार पर्ने र ७० ओटाको ३ करोड ८५ लाख हुन्छ । थोरै क्षेत्रफलमा धेरै ट्याम्पो सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा नै चुनौति देखिएको छ । कम लगानीमा आम्दानी हुने माध्यम देखे पछि अटो ट्याम्पो सञ्चालनमा आकर्षित भए पनि अत्याधिक रुपमा वृद्धि भए पश्चात आम्दानी कम हुदै गई रहेको व्यावसायि वताउछन् । 

विभिन्न व्यवासाय गरेर आयआर्जनमा सहभागि महिलाहरु अहिले टेम्पु चलाएर राम्रो आम्दानी गरिरहेका छन् । सदरमुकामबाट तीन देखि १० किलोमिटरसम्मका यात्रुले जतिबेला पनि सहज यात्राका लागि पछिल्लो समय जिल्लामा दर्जनौ टेप्पो भित्रिएका छन् ।


हलुका व्यावसाय  र महिलाहरुले पनि गर्न सक्ने भएकोले अटो टेम्पु सञ्चालनको लागि हेटौडा देखि सिन्धुली आएको संगिता अधिकारीले  पहिला राम्रै कमाई पनि भएको थियो, अहिले आम्दानी निक्कै घटेको उनले वताईन् । ‘सवारी साधनको कम चाप र टेम्पु सञ्चालनमा राम्रो आम्दानी हुने देखेर सिन्धुली आएको थिएँ, अहिले धेरै भयो, प्रतिस्पर्धा निक्कै छ भौगोलिक विकटताको कारण टाढा जान सकिदैन ।” संगिताले भनिन् । 

सिन्धुली बसपार्कबाट रातमाटा, ढुंगे्रवास, चियावारी र बसपार्कबाट बजार क्षेत्र, माझीटार सम्म सञ्चालन हुन्छ । सानो क्षेत्रमा ठूलो संख्यामा अटो ट्याम्पो रहेकोले ट्राफिक व्यवस्थापनका साथै समान भाडदर कायम गर्न विहिवार ट्याम्पो चालकलाई भेला गराई प्रशिक्षण दिएको छ । चाडवाडको समयमा  वढी भाडा लिएको गुनासो आए पछि तोकिएको भाडा दरमा सञ्चालन गर्नको साथै ट्राफिक नियमको पूर्ण पालन गराउन प्रशिक्षण दिएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी हवल्दार रामेश्वर पाण्डेले वताए । 

ट्याम्पो चालकलाई ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी हवल्दार रामेश्वर पाण्डेले प्रशिक्षण दिएका थिए । यात्रु सँग गर्ने व्यावहार, सवारी साधनको गति, सवारी साधन सञ्चालन गर्न साथमा हुनुपर्ने कागजपत्रका साथै ट्राफिक नियम सम्बन्धि अन्य जानकारी समेत गराएको थियो । सबै सबारी साधनले विमा, रुटपर्मिट साथै सवारी साधन सञ्चालन अनुमति पत्र लिएर मात्र सञ्चालन गर्न सवारी चालकलाई प्रशिक्षणमा आग्रह गरिएको थियो । साथै भाडा दर सवै सवारी साधनमा देखिनेगरि टाँस्नु पर्ने र भाडा दर अनुसार नै भाडा लिन समेत आग्रह गरिएको थियो । 

सिन्धुली बसपार्कबाट रातमाटा २०, बसपार्कबाट बजार एरिया २०, बसपार्कबाट माझीटार २०, बसपार्कबाट ढुङग्रेवास २५, बसपार्कबाट पानीट्याङकी ३० र बसपार्कबाट चियावारी ५० भाडा दर कायम गरिएको छ ।

केही अटो ट्याम्पो व्यक्तिको नाममा नै रहेकोले तत्काल कम्पनीको नाममा सञ्चालन गर्न र रुट पर्मिट लिन शुक्रवार सम्मको समय समेत दिएको छ । सवारी साधनको क्षमता थाहा नभएकाले धेरै यात्रु चढाउने र जथाभावि अप्ठेरो बाटोमा सञ्चालन गर्दा दुर्धटना वढ्ने भएकोले पनि प्रशिक्षण दिएको हवल्दार पाण्डेले वताए । अटो ट्याम्पो अधिकमत ३० डिग्रि उकालो चढन सक्ने र चालक सहित चार जनाको क्षमता भएकोले सोहि अनुसार सञ्चालन गर्न समेत चालकलाई प्रशिक्षण गरिएको थियो । 

0 comments

Write Down Your Responses

second_add