Powered by Blogger.
नवौं बार्षिक साधारण सम्पन्न

सिन्धुली,२७ असोज–  कमलामाई नगरपालिका ६ मा रहेको सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा बिहिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विमला थापाको अध्यक्षतामा साधारण सभाको आयोजना गरिएको हो ।


 साधारण सभामा संस्थाको कुल चुक्ता पुजी ९ लाख १२ हजार २ सय, कुल बचत संकलन १४ लाख ६२ हजार २ सय ९ र कुल ऋण लगानी ४१ लाख ६६ हजार २ सय ८९ रुपैया रहेको जनाइएको छ । 

साधारण सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज केसी, राष्ट्रिय सहकारी बैक सिन्धुलीका प्रमुख सन्तोष ढकाल, सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका उपमहासचिव मेघ बहादुर कार्की, सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बहादुर हायू, रेडियो शिद्धबाबाका प्रशासन प्रमुख यम चौलागाई लगाएतले मनतव्य राखेका थिए । 

साधारण सभामा असल उद्यमी ओममाया श्रेष्ठ, असल ऋणी सुसिला लामा, भरत शाह, असल बचत सलामसिह पाख्रिन, बाल बचत कर्ता, रोशन कार्की, सिम्रिक श्रेष्ठलाई सम्मान गरिएको संस्थाले जनाएको छ । 

0 comments

Write Down Your Responses

second_add