Powered by Blogger.
तिहार व्यापार सुरु, सिन्धुलीको व्यापार खस्कदो

सिन्धुली,२७ असोज – हिन्दु धर्मावलम्वीहरुको दोश्रो ठुलो चाड तिहारको लागि सामाग्रि खरिद गर्ने समय सुरु भएको छ । तिहारमा घर सजावटका सामाग्रि वढीमात्रामा विक्री हुन्छ । 


गत वर्षको तुलनमा यस वर्ष तिहार नजिकिए पनि खासै व्यापार नभएको व्यापारीहरु वताउछन् । झिलिमिलि बत्ति, कृतिम फुल, रङ्ग विक्रि हुने गरे पनि यस वर्ष चाड नजिकिए पनि व्यापार सुरु नभएको व्यापारिहरु वताउछन् । बहुवर्षिय सामाग्रि खरिद गर्ने र जताततै साना ठूला सहर विस्तार भएको कारण सिन्धुलीमाढीको व्यापार खस्कदो अवस्थामा रहेको व्यापारीहरु वताउछन् । 

गत वर्षको तुलनमा यस वर्ष ५० प्रतिशत पनि व्यापार नभएको रेविया जेनेरल स्टोरका पोप्राईटर रवि शाहले वताए । गत वर्ष तिहारमा मात्र ५ लाखको व्यापार गरेको वताउदै यस वर्ष व्यापार नै सुरु नभएको शाहले वताए । यातायातको सहज पहुचका कारण सिन्धुलीमाढीमा ग्राहक कम आउन थालेको व्यापारि शाहले वताए । 

सिन्धुली हुदै दुई ओटा राजमार्ग सञ्चालन भए पनि यात्रा मात्र गर्ने र सामाग्रि खरिदको लागि ठूलो सहर नै ताक्ने गर्नाले व्यापार खस्कदै गईरहेको व्यपारिहरु वताउछन् । चाडवाडको मात्र नभई समग्र व्यापार नै सस्कदै गईरहेको व्यापारीहरुले गुनासो गरेका छन् ।

तिहारमा विशेष व्यापार हुने पटका जस्ता विस्पोटक पदार्थ निषेध भए पश्चात व्यापार कम हुदै गईरहेको छ । विस्पोटक पदार्थ विक्रि वितरणलाई नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी वढाई रहेको छ । व्यापारिहरुले साउनमा भारतमा तिर्थ यात्रा(बोलबम) जाँदा नै लुकाई छिमाई पटका जस्ता विस्पोटक पदार्थ ल्याई विक्रि वितरण गर्ने गरेका छन् । चाडवाडमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता वढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक टिकाबहादुर केसीले वताए । 

0 comments

Write Down Your Responses

second_add