मोहनविक्रम स्मृति फुटबलको क्वाटर फाइनल

प्रकाशित समय 5:18 PM
सिन्धुली,२७ असोज– भिमानमा जारी मोहनविक्रम स्मृति फुटबल प्रतियोगिता अन्र्तगत  बिहिवार  दुई वटा क्वाटर फाइनलका खेलहरु भएका छन् । भिमान स्थित जनजागृति माध्यामिक विद्यालयको खेल मैदानमा  विहान भएको खेलमा सुर्यचादँनी युवा क्लव धनुषा विजयी भएको छ । सुर्य चादनी युवा क्लव धनुषाले बर्दिवास युवा क्लव बर्दिवासलाई ४–१ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 


दुवै युवा क्लव खेलको पहिलो हाफमा १/१ गोलको बराबरीमा प्रतिस्पर्धा गरि रहेका थिए । तर खेलको दोस्रो हाफमा सुर्य चादनी युवा क्लवले बर्दिवास स्र्पोटस् क्लव विच दवाव सिर्जना गर्दै ४–१ को फराकिलो गोल अन्तरको जित निकालेका हो । सुर्य चादँनी युवा क्लवका लागि सजिव कार्कीले २ गोल र प्रेम लामा, सन्तोष खड्काले १/१ गोल गरेका हुन् । बर्दिवास स्पोटस् बर्दिवासका लागि अनिस सिङले १ गोल गरे पनि त्यो जितका लागि प¥याप्त भएन् । 

बिहिवार नै भएको दास्रो खेलमा रानीवास युवा क्लव कमलामाई नगरपालिका १४ विजयी भएको छ । रानीवास युवा क्लवले  ४–० को गोल अन्तरले आयोजक भिमान युवा क्लवको वि समुहलाई पराजित  गदै विजयी भएको हो । रानीवासले खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको हो ।  बिहिवार को खेलमा विजयी सुर्यचादँनी युवा क्लव धनुषा र रानीवास युवा क्लव खेलको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रथम पुरस्कार ६० हजार र दोश्रो पुरस्कार ४० हजार रहेको खेलमा ४ ओटा समुह सेमिफाइनलमा प्रवेश गर्ने छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »