२ लाख ७० हजार मत ल्याए मात्र समानुपातिकमा सिट

प्रकाशित समय 8:48 PM
काठमाडौँ, २६ असोज- स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल बन्न सक्ने पूर्वआयुक्त दोलखबहादुर गुरुङको विश्लेषण छ।


एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा र बढीमा फोरम लोकतान्त्रिकले समानुपातिकमा ३ प्रतिशत कटाउन सक्छन् । त्यसो हुँदा यी दल राष्ट्रिय दल बन्न सक्नेछन् । तर, प्रत्यक्षमा एक–दुई सिट जित्न सक्ने नेमकिपाजस्ता दलले समानुपातिकमा ३ प्रतिशत ल्याउन नसक्ने हुँदा राष्ट्रिय दल बन्न गाह्रो छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ सिट ल्याउन कम्तीमा तीन प्रतिशत अर्थात् २ लाख ७३ हजार मत कटाउनुपर्छ । त्योभन्दा कम मत ल्याउने दल समानुपातिकको वितरण प्रणालीबाट बाहिर हुनेछन् । स्थानीय तह निर्वाचनमा १ करोड ४१ लाख मतदातामध्ये ९१ लाख २६ हजार मत खसेका थियो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि १ करोड ५४ लाख मतदाता रहेकाले मत पनि बढी खस्नेछ । यस्तो अवस्थामा दलले समानुपातिकमा सिट दाबी गर्न पनि अझ बढी मत ल्याउनुपर्ने हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »