Powered by Blogger.
अटो ट्याम्पो संचालकले यात्रु ठगेको गुनासो


सिन्धुली,२६ असोज– जिल्लामा संचालित अटो ट्याम्पोहरुले यात्रुहरुसँग मन लाग्दी भाडा असुल्दा पनि स्थानिय प्रशासन लाचार वनेको आरोप पिडीतहरुले लगाएका छन् । अटो संचालकहरुले एक किलोमीटर मिटर सडक पार गर्दा पाँच सय सम्म भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । 


सिन्धुलीमा करिव ६ महिनाको हाराहारीमा विपी,फिक्कल तथा जनमैत्रि यातायातका ७० भन्दा वढी अटो ट्याम्पो संचालनमा छन् । उनीहरुले यात्रुसँग २० रुपैयाँ देखी ५०, सय सम्म भाडा असुल्न थाले पछि सर्वसाधारणहरुले गुनासो गर्न थालेका छन् ।

अटो व्यवसायीहरुले मनपरी भाडा असुल्दा पनि स्थानिय प्रशासन मौन वस्नु लाजमर्दो भएको कमलामाई नगरपालीका नगर कार्यपालिका  सदस्य केशर नेपालीले वताए । गहिरी वजारवाट ट्राफिक चोक सम्म पुग्दा मलाई ८० रुपैयाँ भाडा लियो उनले भने । हिडेर जाँदा तिन मिनेटमा पुगिने सो स्थानमा ८० रुपैयाँ भाडा उठाउने अधिकार उनीहरुलाई कस्ले दियो, यो विषयमा कोसँग गुनासो गर्ने नेपालीले प्रति प्रश्न गरे ।


नेपालीको जस्तै गुनासो कृष्णहरि घिमिरेको छ । कमलामाई नगरपलीका अगाडीवाट कनपा–५ शिवालय मन्दीर सम्म पुगेको भाडा ५ सय अटो ट्याम्पोले लिएको गुनासो गरे । कमलामाई नगरपालीकावाट शिवालय मन्दीर करिव २ किलोमिटर मात्रै पर्छ । यो हदै सम्मको भाडा दर भएको घिमिरेले वताए । सर्वसाधारणको ढाड सेक्ने यस्तो भाडा दर कायम गर्न अटो व्यवसायीलाई कस्ले अधिकार दियो यसको खोजी हुन जरुरी भएको उनले वताए ।

अटो ट्याम्पो व्यवसायी आइतमान मेक्चन (तामाङ) चाडवाडको मौका छोपी यात्रुहरुसँग केही व्यवसायीहरुले चर्को भाडा लिएको गुनासो सुन्न आएको वताए । सामान्य अवस्थामा लिने भाडा चाँडवाडको समय मा पनि  लिए वढीभाडा असुलेको आरोप व्यवसायी माथि नलाग्ने मेक्चनले वताए । रिजर्भमा जाँदा पनि अटो जानसक्ने माढीवजारको विभिन्न स्थानमा २ सय भन्दा वढी भाडा लिने गरेको छैन मेक्चनले भने ।  

 जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार रामेश्वर पाण्डेले अटो व्यवसायीहरुले यात्रुहरुसँग चर्को भाडा असुलेको भन्ने गुनासो आएको वताए । चर्को भाडा असुल्ने अटोलाई कारवाही गर्ने तथा अटो चढ्ने यात्रुलाई टिकटको व्यवास्था गर्न निर्देशन दिने योजना ट्राफिक प्रहरीको छ पाण्डेले भने । टिकट व्यवस्था भए पछि कोही पनि ठगिनु नपर्ने उनले वताए । 

चाडवाडको मौका छोपी अटो व्यवसायीहरुले रिजर्भको नाममा जथाभावी यात्रुहरुसँग पैसा असुल्ने काम गरेका हुन् । सर्वसाधारणवाट गुनासो आए पछि ट्राफिक प्रहरीले अटो ट्याम्पोको कागज–पत्र चेक तथा वढीभाडा लिए नलिएको छड्के गरेको छ ।


0 comments

Write Down Your Responses

second_add