मोहनविक्रम स्मृति फुटबलको क्वाटर फाइनलका खेलहरु सुरु

प्रकाशित समय 5:40 PM

सिन्धुली,२६ असोज– भिमानमा जारी मोहनविक्रम स्मृति फुटबल प्रतियोगिता अन्र्तगत बुधवार देखि क्वाटर फाइनलका खेलहरु सुरु भएका छन् । भिमान स्थित जनजागृति मा.वि को खेल मैदानमा भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजक भिमान युवा क्लवको वि समुह पराजित भएको छ । 


नवप्रतिभा युवा क्लव मिनलचोक सिन्धुलीले भिमान युवा क्लव वि समुहलाई २ –० गोलअन्तरले पराजित गरेको हो । खेलमा नवप्रतिभा युवा क्लवका लागि अनिस थापा मगरले खेलको पहिलो हाफमा र सोप्नील राईले खेलको दोस्रो हाफमा एक/एक गोल गरेका हुन । खेलमा आयोजक भिमान युवा क्लवको वि समुहले गोल गर्ने केही राम्रो मौका पाए पनि सदुपयोग गर्न सकेन । यो जित सगै नवप्रतिभा युवा क्लव खेलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगितामा दुधौली युुवा क्लव दुधौलीले क्वाटर फाइनल खेल नखेली सेमिफाइनल खेल खेल्न पाउने भएको छ । क्वाटर फाइनल खेलमा कमलामाई नगरपालिका ६ सिन्धुलीको रातमाटा युवा क्लव सहभागि नभएपछि दुधौली युवा क्लव दुधौली सिधै सेमिफाइनल खेलमा प्रवेश गरेको हो । 

प्रतियोगितामा सहभागि ८ युवा क्लव क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रथम पुरस्कार ६० हजार र दोश्रो पुरस्कार ४० हजार रहेको खेलमा १६ ओटा समुह सहभागिता रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »