Powered by Blogger.
खेतियोग्य जमिन प्लटिङ गर्न रोक्नु पर्ने माग

बुद्ध नेपाली,

सिन्धुली,२६ असोज– किसानहरुले नेपालमा तिव्रगतिमा बढीरहेको खेती योग्य जमिन प्लटिङ गर्ने काम तत्काल रोक्नु पर्ने माग गरेका छन् । 


बुधवार सिन्धुलीमाढीमा आयोजना भएको राष्ट्रिय किसान आयोगबारे अभिमुखीकरण गोष्ठीमा सहभागि किसानहरुले नेपालमा खेतियोग्य जमिन प्लटिङ गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको भन्दै राष्ट्रिय किसान आयोगको पहलमा सरकार मार्फत तत्काल यो काम रोक्ने प्रयास गर्न माग गरेका हुन । 

किसानहरुले प्लटिङ गर्ने क्रम नरोकिए केही समयपछि नेपालमा खेतियोग्य जमिन कहाँ होला भनेर खोज्ने समय पनि आउने बताएका छन् । सरकारले किसानलाई आश मात्र देखाएर राखेको भन्दै किसानका लागि दिने भनेको पेन्सन दिने नै हो भने छिटो प्रक्रिया मिलाएर दिन उनीहरुले आग्रह गरेका छन् । उनीहरुले किसानका लागि आउने सौलियत दरको ऋण बास्तविक किसानले कमै मात्रामा पाउने गरेको गुनासो गर्दै पहुँचवाला र पैसावाला व्यक्तिहरुले गरिव किसानलाई मारेको समेत अरोप लागाएका छन् । 

गोष्ठीमा राष्ट्रिय किसान आयोगकले प्रस्तुत गरेको कार्यपत्र माथि आफनो धारणा राख्दै उनीहरुले कृषि क्षेत्रको विकासका लागि छुटिएर आएको बजेट अन्यत्र प्रयोग हुने गरेकाले अव राष्ट्रिय किसान आयोगकले त्यसको सहि सदुपयोगमा सरकारलाई सचेत गराउनुपर्ने माग राखेका छन् । 

राष्ट्रिय किसान आयोग कलंकी काठमाडौँको आयोजनामा भएको गोष्ठीमा सिन्धुली सहित ८ जिल्लाका दुइ/दुई जना किसान,कृषि र पशुसेवा अन्तर्गतका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको राष्ट्रिय किसान आयोगले जनाएको छ । गोष्ठीमा राष्ट्रिय किसान आयोगले दुइ वटा कार्यपत्र प्रस्तुत गरेको छ । 

आयोगले किसानका अधिकार र किसान आयोग कसरी बन्यो, भन्ने कार्यपत्र प्रस्तुत गरेको हो । गाष्ठीमा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ, सदस्यहरु भानुभक्त सिग्देल, कृषि विज्ञ उदयचन्द ठाकुर, बसन्ती घिमिरे, मिना तामाङ,पत्रकार लगाएतका अतिथिहरुको उपस्थिती रहेको थियो । 

0 comments

Write Down Your Responses

second_add