Powered by Blogger.
धरान–चतरा–सिन्धुली हुँदै हेटौडा जोड्ने सडक दुई लेनमा स्तरउन्नती हुँदै


सिन्धुली,१५ असोज–  धरान–चतरा–कटारी–सिन्धुली हुँदै हेटौडा जोड्ने सडक दुई लेनमा स्तरउन्नती गर्ने कार्य सुरु भएको छ ।


दुई लेनमा स्तरउन्नती गर्दा ११ मिटरको चौडाईमा विस्तार गरिने सडक विभागका महानिर्देशक गोपाल सिग्द्धेलले जानकारी दिए । 

भित्रि मधेशका चार जिल्ला सुनसरी–उदयपुर–सिन्धुली र मकवानपुरको आर्थिक विकास तथा वैकल्पिक राजमार्गका रुपमा स्थापित गर्न धरान–चतरा–कटारी–सिन्धुली हुँदै हेटौडा जोडिने सडक विस्तारको कामलाई तिव्र गतिमा अगाडी बढाइएको सडक विभागले जनाएको छ ।

कुल लम्वाई ३ सय १८ किलोमिटर भएको उक्त सडकलाई पूर्वी र पश्चिम गरि दुई भागमा विभाजन गरेर विस्तार कार्य भैरहेको छ ।

पूर्वी भाग अन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भिमान सम्म १ सय ३५ किलोमिटर तथा भिमानबाट हेटौडा सम्मको बाँकी सडकलाई पश्चिमी भागमा विभाजन गरि काम भैरहेको आयोजनाले जनाएको छ ।

दुवैको ठेक्का गत मंसिर महिनामा लागिसकेको पूर्वी आयोजनाका प्रमुख इ.कर्ण रानाभाटले जानकारी दिए ।

उनले गत वर्षको अन्त्यतिरबाटै अन्य काम सुरु भएपनि अहिले भने विस्तारका लागि निर्माण कार्य सुरु गरेको जानकारी दिए ।

उक्त सडकले सुनसरी उदयपुर, सिन्धुली र मकवानपुरका अधिकाँश क्षेत्र जोड्दै पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा काम गर्ने रानाभाटले बताए ।

उनका अनुसार अहिले दुवै खण्डका ट्रयाक खोल्ने काम सम्पन्न भैसकेको छ । अहिले आयोजनाले रुख कटान, विद्युतका पोलहरु सार्ने लगाएतका कामहरु गरिरहेको छ ।

यो वैकल्पिक मार्गमा ७५ वटा पुल बन्नेछन् । ति सबै पुलका लागि ठेक्का भैसकेको आयोजनाले जनाएको छ ।

त्यस्तै हाल कालोपत्रे भैसकेको करिव २० किलोमिटर बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किलोमिटर सडक विभागले स्तरोन्नती तथा कालोपत्रेको जिम्मा लिएको विभागका प्रवक्ता दयाकान्त झाले बताए ।   

सडकलाई उच्च प्राथमिकतामा राखेर काम
वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएकाले सडकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको आयोजनाले जनाएको छ ।

२०७३ फागुनमा मन्त्रीपरिषद्ले उक्त सडकलाई विस्तार गर्ने निर्णय गरेसँगै उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सडक विभागका अधिकारीहरुले बताएका छन् ।

आयोजनाका अनुसार सरकारको लक्ष्य भित्री मधेशका चार जिल्लालाई औद्योगिक  करिडोरको रुपमा  विकास गर्ने रहेको छ ।

२०७३  कार्तिकबाट सुरु भएको आयोजनाको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

करिब ८ वर्ष अघि सप्तकोशी नदिमा बाढि आएपछि पूर्वतर्फको तटबन्ध भत्किन पुगी पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सडक तीन महिना अवरुद्ध भएको थियो ।

यस्तै खालका परिस्थितिलाई मध्यनजर गर्दै सरकारले वैकल्पिक मार्गको रुपमा धरान–कटारी– सिन्धुली हँुदै हेटौडा सम्म सडक बनाउने निर्णय गरेको थियो। यो सडक पूर्वपश्चिम राजमार्ग तथा मध्य पहाडी राजमार्ग सँग पनि जोडिन्छ ।

यो सडकले कृषि र पर्यटनको क्षेत्रमा पनि टेवा र्पुयाउने अपेक्षा गरिएको छ । यो मार्गले भित्री मधेशका  चार उर्वर भूमीलाई  पनि जोड्नेछ ।

0 comments

Write Down Your Responses

second_add