विश्व मानसिक स्वास्थ्य दिवस

प्रकाशित समय 9:28 PM
सिन्धुली,२५ असोज–  मंगवार विश्व मानसिक स्वास्थ्य दिवस सिन्धुलीमा पनि एक कार्यक्रम गरी मनाइएको छ । जिल्ला जनस्वास्थ्या कार्यालय सिन्धुलीको आयोजनामा दिवस मनाइएको हो ।


विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । सन् १९९२ देखी विश्व मानसिक स्वास्थ्य संगठनको आह्वानमा योे दिवस मनाउन लागिएको हो । ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने मूल नाराका साथ भएको अन्तरक्रिया कार्यक्रममा सिन्धुलीमा यस क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाका सहभागिहरुले कार्यालयको समयमा विभिन्न मानसिक तनाव हुने गरेको र अव त्यसलाई कम गर्न आवश्यक रहेको बताएका छन् । 

नेपालमा कल,कारखाना, सरकारी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, वित्तिय संस्था, प्रहरी प्रशासन, सुरक्षा निकाय आदिमा काम गर्ने कामदार तथा कर्मचारीले मानसिक तनाव भोग्नु पर्ने कार्यक्रममा सहभागि बक्ताहरुले बताएका थिए । यस्ता हरेक क्षेत्रमा हुने मानसिक तनावलाई वेवास्ता गर्नाले स्वास्थ्यमा पछि ठुलो असर गर्ने भएकाले अव कार्यस्थलमा हुने मानसिक तनाव कम गर्ने उपायहरु अपनाउनुपर्ने कार्यक्रममा सहभागिहरुको धारण छ । 

मानिसले काम गर्ने हरेक क्षेत्रलाई तनाव मुक्त बनाइए उत्साहपुर्ण रुपमा काम गर्ने बातावरण बनाउन जोड् दिनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गौरव ढकालको भनाई छ । कार्यक्रममा स्वास्थ्य सम्बन्धि काम गर्ने जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो । 



फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »