सिन्धुलीको दुधौली नगरपालिका–२ मा फुटबल प्रतियोगिता सुरु,

प्रकाशित समय 9:13 PM

बुद्ध नेपाली,

सिन्धुली,२५ असोज – सिन्धुलीको दुधौली नगरपालिका–२ रतनपुरमा मंगलवारबाट मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । शुभदिपावली २०७४ को अवसरमा सयपत्री युवा क्लव दुधौली नगरपालिका–२ रतनपुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । नकाउट चरणमा खेलाइने प्रतियोगितामा ३२ वटा समुहको सहभागिता रहेको आयोजक सयपत्री युवा क्लवका अध्यक्ष सुकदेव अधिकारीले जानकारी दिए । 



आगामी कात्तिक ९ गते सम्पन्न हुने नकाउट चरणको उदघाटन खेल मंगलवार विहान आयोजक सयपत्री युवा क्लवको बि.समुहले बाई पाएको छ । उद्घाटन खेलमा लङगुरखोलाको सुर्यदय युवा क्लव सहभागि नभए पछि आयोजक सयपत्री युवा क्लवको बि.समुहले वाइ पाएको हो ।  

मंगलवार नै भएको अर्को खेलमा दुधौली नगरपालिका ४ को पसुरुखी युवा क्लव विजयी भएको छ । पसुरुखी युवा क्लवले दुधोली नगरपालिका २ को टार्जन युवा क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 

प्रतियोगितामा पहिलो हुने समुहले १५ हजार, दोस्रो हुने समुहले १० हजार र तेस्रो हुने समुहले ५ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक सयपत्री युवा क्लवका अध्यक्ष अधिकारीले बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »