Powered by Blogger.
काँग्रेसमा उमेदवार छान्न सकस


सिन्धुली,२५ असोज – मंसिर २१ गते हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसलाई उमेदवार छनौटमा सकस देखिएको छ । जिल्लामा दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ ओटा प्रदेश सभा निर्वाचनको लागि ३१ जनाको नाम सिफारिस गरेको छ । 


नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको मंगलबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन क्षेत्र २ बाट नरेन्द्रजंग थापा सर्वसम्मत सहित ३१ जनाको नाम सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनको लागि वर्तमान संसदका कृषि तथा जलश्रोत समितिका सभापति मोहनप्रसाद बराल, उज्वलप्रसाद बराल र प्रेम चन्द्र दाहालको नाम सिफारिस गरेको छ । 

प्रदेश सभा निर्वाचनको आवश्यक चार उमेद्वारको लागि २७ जनाको नाम सिफारि गरिएको नेपाली काँग्रेस श्रोतले वताएको छ । निर्वाचन क्षेत्र नं. १.१ बाट ५ जना, १.२ बाट ५ जना, २.१ बाट ९ जना र २.२ बाट ८ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेसले जनाएको छ । सबै भन्दा वढी २.२ बाट उमेदवारीको लागि नाम सिफारिस भएको छ । 

त्यस्तै समानुपातिकको लागि पनि प्रतिनिधि सभाको लागि जिल्लाबाट ८ जनाको नाम सिफारिस गरिएको छ भने प्रदेश सभाको लागि २८ जनाको नाम सिफारिस गरिएको छ । पार्टीले अन्य लोकतान्त्रीक दलसँग चुनावी तालमेल गरेर निर्वाचनमा जाने रणनीति लिई रहेको अवस्थामा पार्टीबाट नै धेरै जनाले उमेद्वारीको लागि आकाँक्षा देखाउदा उमेद्वार छनौटमा पार्टीलाई सकस देखिएको छ । 

सिन्धुलीमा बाम घटकका सबै दलले आफ्नो पार्टीबाट उमेदवार सिफारिस गरिए पनि प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेका उमेद्वार र निर्वाचन क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका उमेदवारलाई टिकट दिने निश्चित जस्तै छ । नेकपा एमालेले निर्वाचन क्षेत्र नं. १ बाट पार्टी जिल्ला अध्यक्ष प्रदिप कटुवाल र वर्तमान संसद गणेशप्रसाद पहाडीको नाम सिफारिस गरेको छ ।  नेकपा माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं. २ बाट सर्वसमत पूर्व कृर्षि विकास मन्त्री हरिबोल गजुरेललाई सिफारिस गरेको छ । 

प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट पूर्व जिल्ला विकास सभापति नरेन्द्रजंग थापा र बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकोउमेदवार पूर्व कृषि विकास मन्त्री हरिबोल गजुरेलको प्रतिस्पर्धा पर्ने निश्चित छ । निर्वाचन क्षेत्र नं. १मा भने वर्तमान दुई संसद वा दुई पार्टी विचका जिल्ला अध्यक्ष वीच प्रतिस्पर्धा हुने टुंगो लागि सकेको छैन । नेकपा माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं. १ बाट रुद्रबहादुर ठाडा मगर र नेकपा एमालेले निर्वाचन क्षेत्र नं. २ बाट रामकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । यी नाम औपचारिकताको लागि सिफारिस गरिएको वजार चर्चा रहेको छ । 

प्रदेश सभाको लागि सबै पार्टीबाट उमेदवार धेरै संख्यामा पठाएको र वाम घटक भित्र कुन पार्टीले कुन क्षेत्र लिने निश्चित हुँदा को को विच प्रतिस्पिर्धा हुन्छ भन्ने आकलन गर्न झनै मुस्किल देखिन्छ । मरिण क्षेत्र (२.२) मा स्थानीय तहको निर्वाचनमा माओवादी बलियो देखिएकोले प्रदेश निर्वाचनमा माओवादीका उमेद्वार वन्ने सम्भावन देखिन्छ । यस क्षेत्रमा माओवादीले बुद्धिमान माझी, रामकुमार पौडेल र प्रकाश श्रेष्ठलाई सिफारिस गरेको छ । वुद्धिमान माझी पूर्वविधायक र पार्टी पोलिटव्युरो सदस्य भएकोले सम्भावना रहेको कार्यकर्ता तवरमा चर्चा छ भने रामकुमार पौडेल र प्रकाश श्रेष्ठको पनि उत्तिकै संभावना रहेको देखिन्छ । यस क्षेत्रबाट नेकपा एमालेले जिल्ला पार्टी सचिव सूर्य पाख्रिनको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले आठ जनाको नाम सिफारिस गरेको अवस्थामा यो नै उमेदवार हुन्छ भन्ने आकलन गर्न सक्ने अवस्था छैन । 

निर्वाचन क्षेत्र नं. २.२ मा माओवादी केन्द्र र एमालेको प्रतिष्ठाको लडाईको विषय वनेको देखिन्छ । स्थानीय तहको निर्वाचनमा कमलामाई नगरपालिकामा माओवादी केन्द्र र एमाले वीच भारि मत अन्तर रहेको र सुनकोशि गाउपालिका थोरै मतले भए पनि माओवादीले जितेको अवस्थमा माओवादीले लिने कि एमालेले लिने भन्ने ठूलो टकराब देखिन्छ । खासमा यस क्षेत्रलाई लडाईको विषय वनाउनुको मुख्य कारण भनेको यस क्षेत्र सदरमुकाम क्षेत्र भएकोले पनि महत्व राखेको देखिन्छ । यस क्षेत्रमा नेकपा माओवादी केन्द्रको तर्फबाट पार्टी जिल्ला अध्यक्ष राजन दाहालको उमेद्वारी सिफारिस भएको छ भने नेकपा एमालेको तर्फबाट पूर्व केन्द्रिय सदस्य केशव देवकोटा, जिल्ला कमिटि सदस्य विनोद खड्का र अनेम संघका पार्वती भट्टराईको नाम सिफारिस गरिएको छ । मत अन्तरको हिसावले एमालेले नै लिने संभावना वढी छ र एमालेको केशव देवकोटा नै वाम घटकको उमेदवार  वन्न सक्ने संभावना प्रवल रहेको बजार चर्चा रहेको छ । 

नेपाली काँग्रेसको ९ जना मध्य महिला उमेदवार को हिसावले विजुला वर्मा र पुरानो पार्टी नेताको हिसावले माणिक ढकालले टिकट ल्याउने संभावन प्रवल देखिन्छ । यदि लोकतान्त्रीक गठबन्दन भए राप्रपा प्रजातान्त्रीका केन्द्रिय सदस्य तथा समाजसेवी उज्वलविक्रम थापालाई उमेद्वार वनाउने संभावना पनि रहेको छ । यदि वाम घटकको तर्फबाट केशव देवकोटा र लोकतान्त्रीक गठवन्धनको तर्फबाट उज्वलविक्रम थापाको प्रतिस्पर्धा पर्‍यो भने चर्को प्रतिस्पर्धा पर्ने प्रवल संभावन देखिन्छ ।

प्रदेश सभाको निर्वाचन क्षेत्र नं. १.२ मा स्थानीय तहको मतपरिणमका आधारमा वाम घटको नेकपा एमालेको उमेद्वार हुने संभावन प्रवल देखिन्छ । नेकपा एमालेको तर्फबाट सर्वसमत रामकुमार कार्कीको नाम सिफारिस गरको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट २ जनाको नाम सिफारिस गरिएको छ । नेपाली काँग्रेसको तर्फबाट केन्द्रिय सदस्य श्याम घिमिरेको उमेद्वारी पर्ने प्रवल संभावन रहेको छ । यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट रामकुमार कार्की र नेपाली काँग्रेसका श्याम घिमिरेवीच प्रतिस्पिर्धा हुने निश्चित जस्तै छ । 

निर्वाचन क्षेत्र नं. १.१ मा माओवादी केन्द्र र नेकपा एमाले मध्य कुन पार्टीको उमेद्वार हुन्छ भन्ने एकिन हुन सकेको छैन । माओवादी केन्द्रले ३ जनको नाम सिफारिस गरेको छ भने नेकपा एमालेले सर्वसम्मत लक्ष्मण कार्कीलाई उमेद्वार सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नं. २.१ र १.१ माओवादी र एमालेले वाँडेर लिने संभावन देखिन्छ । २.१ एमालेले लिए १.१ माओवादी केन्द्रले लिने र २.१ माओवादी केन्द्रले लिए १.१ एमालेले लिने संभावन रहेको छ । यदि एमालेले २.१ लिए १.१ माओवादी केन्द्रको तर्फबाट विशमलाल अधिकारी दुनुवार उमेद्वार वन्ने संभावन रहेको देखिन्छ । यस क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट गंगाप्रसाद गिरीको संभावन प्रवल देखिन्छ । 

0 comments

Write Down Your Responses

second_add