Powered by Blogger.
करेन्ट लागेर एकको मृत्यु

सिन्धुली,२५ असोज – कमलामाई नगरपालिका वडा नं. ७ ठूलिटारमा मंगलवार पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । चण्डीदल गण ठूलिटार व्यारेकमा कार्यरत सैनिक लोकेन्द्र अवस्थिको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 


डेरा नजिकै छिमेकी चिरञ्जीवी केसीको घरमा पानी तान्ने मोटर विग्रिएकोले मर्मत गरेर जडान गर्ने क्रममा करेन्ट लागेर अवस्थिको मृत्यु भएको जनाएको छ । करेन्ट लागेर घाईते भएका अवस्थिको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

0 comments

Write Down Your Responses

second_add