Powered by Blogger.
राप्रपा(प्रजातान्त्रीक)को विस्तारित वैठक सम्पन्न




सिन्धुली,२४ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रीक) जिल्ला कार्यसमितिको बैठकले नेपाली काँग्रेसले राखेको लोकतान्त्रीक गठबन्धनको प्रस्तावलाई स्वागत गरेको छ । सिन्धुलीमाढीमा भएको विस्तारित वैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्टवादी) सँगको कार्यगत एकतालई सर्वसमत स्वीकारेको जनाएको छ ।


पार्टी अध्यक्ष भिष्मराज श्रेष्ठको अध्यक्षतामा भएको वैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उमेद्वार छनौट गर्न जिल्ला अध्यक्षको नेतृत्वमा कार्यदल समेत वनाएको छ । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्टवादी) अध्यक्ष सुरज थापाले पार्टीको धारण राखेका थिए । कार्यक्रम संञ्चालन पार्टी सचिव इन्द्र भुजेलले गरेका थिए ।

0 comments

Write Down Your Responses

second_add