Powered by Blogger.
म्यादी प्रहरी भर्ना सम्वन्धि सुचना


म्यादी प्रहरी भर्ना सम्वन्धि सुचना

        अगामी मिति २०७४ मंसिर १० र २१ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई मध्य नजरराखि निर्वाचन अवधि भरको लागि म्यादी प्रहरी भर्ना गर्नु पर्ने भएकोले मिति २०७४/०६/२४ गते मंगलवारको गोरखापत्रमा सो सम्बन्धि सुचना प्रकाशित हुने हुँदा मिति २०७४/०६/२४ गते देखि २०७४/०६/३० गते सम्म यस जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दरखास्त फारम बितरण तथा दर्ता गरिने हुँदा निम्न क्राईट एरियामा पर्ने ईच्छुक  व्यक्तिहरूलाई यस कार्यालयमा माथि उल्लेखित मितिमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ ।
निम्न ;-

आवश्यक कागजातहरू
         रू १० टिकट थान १
        हाल साल खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति ।
        नागरिकताको प्रतिलिपि १ प्रती ।
        सेवा निवृत हुदाको प्रमाणपत्रको प्रतिलिपी (भु.पु.सुरक्षा कर्मीको लागि मात्र)
आवश्यक न्यूनतम योग्यता र प्राथमिकता

उमेरको हद
आवश्यक न्युनतम योग्यता
म्यादी प्रहरी भर्नाको लागि प्राथमिकता
कै.
दरखास्त फारम दर्ता गर्ने अन्तिम मिति सम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको
१ नेपाली नागरिक हुनु पर्ने
२ कुनै नेतिक पतनदेखिने फोजदारी अभियोगमा कसुरदार नठहरिएको ।
३ कुनै राजनैतिक दलको सदस्य नरहेको ।
४ शारिरिक तथा मानसिक रूपले तन्दुरूस्त रहेको ।
५ साधारण लेखपढ गर्ने जान्ने ।
१ नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रहि पेन्शन वा उपदान प्राप्त पुर्व सुरक्षा कर्मी
२ पुर्व बनरक्षकहरू
३ नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वलमा भर्नाको लागि आवेदन गरी शारिरिक परिक्षणमा समेत समाबेश भएका प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू
४ विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत नेपाली पूर्व सुरक्षा कर्मीहरू
५ विगतका स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीको रूपमा भर्ना भई राम्रो काम गरेका व्यक्तिहरू


मिति २०७४/०६/२४ गते ।              
                                                                                                                                                  
                                                          जिल्ला प्रहरी कार्यालय सिन्धुली
                                                                सुचना अधिकृत
                                                              प्रहरी नायव उपरीक्षक
                                                                 बिनोद शर्मा

                                                                ९८५१२८१००४

0 comments

Write Down Your Responses

second_add