न्यौपानेकोे सम्झनामा दिप प्रज्वलन

प्रकाशित समय 10:25 PM


बुद्ध नेपाली,
सिन्धुली,२४ असोज – नेपाली काँगेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सिन्धुलीले सोमवार साँझ सिन्धुलीको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको छ । नेपाल विद्यार्थी संघ सिन्धुलीका पुर्व जिल्ला अध्यक्ष पुरुषोत्तम् न्यौपानेको १३ औं दिनको पुण्य तिथिको सम्झनामा  दिप प्रज्वलन गरेको हो । 


न्यौपानेको  वडा दशैको महाअष्टमीका दिन निधन भएको थियो । न्यौपानेले संघमा रहेर उल्लेख्य भुमिका खेलेको सम्झनामा मृत आत्मा प्रति चिरशान्तिको कामना गर्दै श्रदासुमनका साथ दिप प्रज्वलन गरिएको नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष उत्पल खडकाले जानकारी दिए । 

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान काउछेका न्यौपाने सिन्धुली बहुमुखि क्यापम्स सिन्धुलीका स्ववियू सहसचिव पनि थिए । दिप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघ,नेपाल तरुणदल,नेपाल महिला संघ लगाएतका पदाधिकारीहरुको सहभागिता रहेको सचिव खडकाले जानकारी दिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »