Powered by Blogger.
माओवादी केन्द्र सिन्धुलीले उमेदवार सिफारिस गर्‍यो

सिन्धुली,२३ असोज – नेकपा माओवादी केन्द्र सिन्धुलीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सिन्धुलीका सबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उमेदवार केन्द्रिय समितिमा सिफारिस गरेको छ ।


नेकपा माओवादी केन्द्र सिन्धुलीको कार्यालय टिमको बैठकले केहि स्थानमा सर्वसम्मत र केहि स्थानमा आकाँक्षि सहितको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाको लागि निर्बाचन क्षेत्र नं. १ बाट रुद्रबहादुर ठाडा मगर र निर्वाचन क्षेत्र नं. २ बाट हरिबोल गजुरेललाई सर्वसमत उमेद्वार चयन गरेको छ । समानुपातिकमा बलराम तिमल्सीना, निरु दर्लामी र गणेश बुढाथोकीलाई सिफारिस गरेको माओवादी केन्द्रले जानाएको छ । 

प्रदेश सभा निर्वाचनको लागि निर्वाचन क्षेत्र नं. १)क)बाट विशमलाल अधिकारी दनुवार, डम्बर कार्की र घनश्याम बस्नेतको नाम सिफारिस गरेको छ भने १.(ख) बाट डम्बरकुमारी गुरुङ, मुरारी भण्डारी, गम्भिरसिंह तामाङलाई सिफारिस गरेको छ । 

त्यस्तै निर्वाचन क्षेत्र नं. २.(क)बाट लेखनाथ दाहाल (राजन) सर्वसम्मत भएका छन् भने २.(ख) बाट बुद्धिमान माझी, रामकुमार पौडेल र प्रकाश श्रेष्ठलाई सिफारिस गरेको छ । 

प्रदेश सभाको समानुपातिक तर्फका लागि दिल बहादुर बिक, मात्रिका भट्टराई, दिनेश अधिकारी दनुवार, खड्ग रजनमगर, सुष्पा भुजेल, धन बहादुर पुलामी, कमल दाहाल, धुर्ब देबकोटा, राधा तिमल्सिना, सम्भु प्रसाद देवकोटा, ज्ञान बहादुर राई र काजिमान थिङ सिफारिस गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

0 comments

Write Down Your Responses

second_add