मोहनविक्रम स्मृति फूटबल प्रतियोगितामा रोमाञ्चक खेल हुदै

प्रकाशित समय 5:13 PM

सिन्धुली,२४ असोज – शनिवारबाट जनजागृति उच्च मावि भिमानको खेलमैदानमा सुरु भएको मोहनविक्रम स्मृति फूटबल प्रतियोगितामा दर्शकको उत्साहजनक सहभागिता रहेको छ । जिल्लामा कहिलेकही हुने खेल प्रतियोगिता त्यसमा पनि सदरमुकाम बाहिर भएको खेलमा बाक्लो उपस्थित भएको पहिलो हो । 



हाल सम्म पाँच ओटा खेल सम्पन्न भई सकेका छन् । अत्यन्तै सशक्त खेल समुहका सहभागिता र रोमाञ्चक खेल भएको कारण खेलप्रेमी दर्शकको बाक्लो उपस्थित रहेको भिमान युवा क्लवका सचिव दिनेस न्यौपानेले वताए । आकर्षक पुरष्कार राशी उच्च व्यवस्थापनका साथ भएको मोफसलका खेल मध्य उत्कृष्ट भएको दर्शकहरु वताउछन् । 

खेलको पथम पुरस्कार ६० हजार, सिल्ड मेडल र दोश्रो पुरस्कार ४० हजार, सिल्ड मेडल रहेको छ । ठूलो राशीको पुरस्कार भएकोले पनि पूर्व नेपाल धरान देखि खेल समुहहरुको सहभागित रहेको छ । हाल सम्मको खेलमा रानिवास युवा क्लव कनपा १३ लाई हराउदै भिमान युवा क्लब वि, हर्षाही टाइगर युवा क्लवलाई हराउदै नबप्रतिभा युवा क्लव मिलनचोक, ब्रर्दहुट युवा क्लवलाई हराउदै चन्द्रमा युवा क्लव बर्दिवास, युवा जागृति युवा क्लव धरानलाई हराउदै बर्दिवास स्पोर्टस बर्दिवास दोश्रो चरणमा प्रवेश गरेको छ भने ब्लु अलपाईन क्लवले चुरे चाँदनी युवा क्लवलाई वाई दिएको छ । 

हालसम्मको खेल सान्तपुर्ण रोमाञ्चक भई रहेको संस्थाका सचिव न्यौपानेले वताए । युवाहरुलाई खेलमा आकर्षित गरेर देशलाई विश्व सामु चिनाउने लक्ष्यका साथ हरेक वर्ष विभिन्न खेल सञ्चालन गर्दै आई रहेको भिमान युवा क्लवले यस वर्ष मोहनविक्रम स्मृति फूटबल प्रतियोगित सञ्चालन गरेको हो । 

यस खेलको लागि प्रथम पुरस्कार र दोश्रो पुरस्कार बापटको एक लाख मोहनविक्रम थापाका छोरा समाजसेवी उज्वलविक्रम थापाले सहयोग गरेको हो भने अन्य विभिन्न सहयोगी संस्थाले खेल सञ्चालनका लागि सहयोग गरेको संस्थाका सचिव न्यौपानेले वताए । मोहनविक्रम थापालाई मनपर्ने खेल बक्सीङ, फूटबल मध्य सिन्धलीमा बक्सीङ खेल नहुने भएकोले केहि महिना अघि कराते प्रतियोगिता सञ्चालन गरिएको थियो भने दोश्रो खेल फूटलबल भिमानमा सञ्चालन गरेको उज्वलविक्र थापाले वताए । 

नकाउट चरणको खेल मंगलबार रानिवास युवा क्लव कनपा १४ र जनशक्ति युवा क्लव पाटु, भिमान युवा क्लव ए र वर्दिवास स्पोस् हाउस लालबन्दि र दुधौली युवा क्लव दुधौली र बुधवार रातमाटा युवा क्लव सिन्धुली वीच हुने वताईएको छ । त्यसपश्चात क्वाटरफाईनल खेल हुने आयोजकले जनाएको छ । 

नेपालको बन विकास र समाज सेवामा ठूलो योगदान पुर्‍याएका थापाको जन्म१९८० चैत्र ६ गते भएको थियो । स्वर्गीय थापाले वि.एस.सी. त्रिचन्द्र कलेज, ए.आई.एफ.सी., एफ.ए.ओ. इन्डीएन फरेस्ट कलेज, देहरादुनबाट अध्ययन पुरा गर्ने भएको थियो । नेपालको विन विभाग स्थापना र त्यहि क्षेत्रमा ठूलो योगदान पु¥याएका थापाले सिन्धुलीमा पनि शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । सरकारी सेवामा छँदा वन विभागमा राम्रो काम गरे वपात तत्काली श्री ५ वडामहाराजधिराज सरकारबाट गोरखा दक्षिण बाहुको तेश्रो दर्जाको तक्मा प्राप्त गरेका थिए । 

स्वर्गीय थापाले कमला माद्यमिक विद्यालयलाई १६ कठ्ठा जग्गा सहयोग, सिन्धुली बहुमुखी क्याम्पस स्थापना गर्न सहयोग, कमला मा.वि ढुंग्रेवासमा विज्ञान अध्ययन छात्रावृत्तिको सहयोगको लागि स्वर्गीय थापाले आफ्नो आमा वुवाको नाममा “सुब्बा कृतिविक्रम थापा तथा ललितकुमारी विज्ञान छात्रावृत्ति” ५ लाख ५० हजारको अक्षय कोष खडा गरेको थियो, अहिले त्यो कोष वृत्ति भएर २६ लाख १६ हजार २ सय ६८ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »