Powered by Blogger.
ढुंग्रेवास क्रिकेट टिम ७२ रनले विजयी

सिन्धुली,२४ असोज–  सोमवार देखि सुरु भएको चौथो जिल्लास्तरीय टि–ट्वान्टी क्रिकेट खेलमा ढुङग्रेवास क्रिकेट टिम ७२ रनले विजयी भएको छ । 


१३० रनको लक्ष्य पाएको रातमाटा क्रिकेट टिमललाई १६ ओभर ५७ रनमा अलआउट गर्दै ढुंग्रेवास क्रिकेट टिम विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको ढुंग्रेवास क्रिकेट टिमले १९ ओभरमा अलआउट हुदै १२९ रन बनाएको थियो । 

सोमवार दिउसो नै हुने भनेका ढकाल गाउ क्रिकेट टिम र भिमान क्रिकेट टिम विचको खेल भने वर्षाका कारण रोकिएको छ । यो खेल अव लिङको अन्तिम दिन हुने सचिव श्रेष्ठले जानकारी दिए ।

नेपालीहरुको दोस्रो महान चाड शुभदिपावलीको अवसरमा जिल्ला क्रिकेट संघ सिन्धुलीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोतिामा सिन्धुलीका ६ क्रिकेट टिम सहभागि भएका जिल्ला क्रिकेट संघ सिन्धुलीका सचिव विनय श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार रामताटा क्रिकेट टिम,ढुँग्रेवास क्रिकेट टिम, बजार क्रिकेट टिम, ढकाल गाउँ क्रिकेट टिम,भिमान क्रिकेट टिम, र पानीट्याङकी क्रिकेट टिमले सहभागिता जनाउने छन् । 




0 comments

Write Down Your Responses

second_add