भैंसी बेचेर नगर प्रमुखमा उम्मेदवारी

प्रकाशित समय 3:03 AM


गौशाला  , २४ भदौ– महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् ।



जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् ।

उनका अनुसार चारैतिर चुनावी चहलपहल शुरु हुँदा चुनाव लड्ने ठूलो चाहना भएको तर, कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेकाले ७७ हजारमा भैँसी बेचेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।

साउनको अन्तिम साता आएको बाढीले उनको घर भत्किएको थियो । अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेको अवस्थामा बसोबास गर्दै आएका छन् । अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगराइदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको बताएका छन् ।

प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले चुनावका लागि गाउँमा पाँच-पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर (खानपानको व्यवस्था) पनि गरिरहेका छन् ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »