बाल केन्द्रित शिक्षक तालिम उदघाटन

प्रकाशित समय 11:48 PM

सिन्धुली,२४ भदौँ – सिन्धुलीमाडीमा शुक्रबार दुई दिने बाल केन्द्रित शिक्षक तालिम उदघाटन गरिएको छ । निजि आवासिय विद्यालय अर्गनाईजेसन प्यापसन सिन्धुली शाखा र आठ राई पब्लिकेशनको सहयोगमा तालिमको उदघाटन गरिएको हो ।


पुर्व प्राथामिक तहका शिक्षकहरुकोलागि मण्टेश्वरी पद्धतिमा आधारित भई अध्यापन गर्ने सिपको थप विकास गर्न तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्वापसन सिन्धुलीका अध्यक्ष ओम प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाई नगरपालीका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले वालवालीकालाई डर त्रास वा दण्डमा शिक्षा सिकाउनु भन्दा पनि बाल मनोविज्ञानमा आधारित भएर शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नु पर्ने बताए । दण्ड रहित शिक्षाको अवधारण राज्यले अघि सारि सकेको वेलामा शिक्षकलाई यस्ता तालिम दिनुले पनि वाल मनोविज्ञानमा आधारित शिक्षामा जोड दिएको बताए । 

खत्रीले अवको शैक्षिक गुणस्तर उकास्न माथिल्लो कक्षामा उच्च शिक्षा हासिल गरेको व्यक्तिलाई शिक्षक बनाउने तर विद्यार्थीको विद्यालयगत शिक्षाको सुरुवाती जगमा भने ध्यान नदिनु गलत भएको भन्दै तल्लो कक्षामा शिक्षण गराउने शिक्षकको आवश्यक्ता रहेकोमा जोड दिदै कमलामाई नगरपालीकाका १० वटा विद्यालयमा यस्तो कार्यको सुरु आफैले गर्ने बताए ।

यस्तै उद्घाटन सत्रको समापन गर्दै प्यापसन सिन्धुलीका अध्यक्ष ओम प्रधानले आगामी दिनमा प्यावसन सिन्धुलीले शिक्षक तालिम अन्तरगत विषयगत तालिमको सूरुवात गर्ने योजना रहेको बताए । विभिन्न विषयमा विद्यार्थीलाई सहजताका साथ अध्ययन गर्न सहयोग पुग्ने भएकाले शिक्षकहरुलाई तालिमको आवश्यक भएकोमा उनले जोड दिए ।

तालिमको उद्घाटन शत्रमा विभिन्न निजि विद्यालयका प्रिन्सिपल, शिक्षक, प्यापसन सिन्धुलमिा आवद्ध पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । दुई दिने तालिममा प्यावसनका प्रागिक केन्द्रिय सल्लाहकार, केन्द्रिय प्रशिक्षक तथा पुस्तक लेखक सानु अमात्यले शहजिकरण गरेका थिइन ।

तालिममा सहभागिहरुलाई वाल मनोविज्ञान, कक्षा कोठामा प्रयोग गरिने सरल सहज भाषको प्रयोग, वालवालीकालाई गित र खेलका माध्यमबाट पढाउने कला, आधुनिक शैक्षिक प्रविधिको प्रयोग गरि पढाउने कला, बालबालिकालाई असल आचरण सिकाउने कला, कक्षा कोठाको व्यवस्थापन, अध्यापन समय व्यवस्थापनको कला, बालकेन्द्रित शिक्षण विधि लगाएतका बारेमा सहभागिलाई सिकाईने प्यापसन सिन्धुलीका सल्लाहकार नानीबाबु घिमिरेले जानकारी दिए ।

दुई दिने तालिममा सिन्धुलीमा रहेका २८ वटा निजि विद्यालयको पुर्व प्राथमिक तहका ६० जना शिक्षक, शिक्षिकाको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »