Powered by Blogger.
नेता जी कुन मूलको पानी खानुभएको छ ?

प्रकाश कश्यप

तत्कालिन सोभियत यूनियनका सर्वोच्च नेता जोसेफ स्तालिनको मृत्यूपश्चात उनका निकटतम व्यक्ति निकीता खुश्चेभ जब तत्कालीन सोभियत यूनियनका राजनीतिक रंगमन्चका शिर्षस्थ व्यक्तित्वका रुपमा उदाए उनले आफ्नो प्रत्येक भाषणमा स्तालिनलाई गालीगलोज गर्ने गर्न थाले । यस किसीमको गतिविधी निरन्तर भैरहेको अवस्थामा एकदिन एउटा सभामा सम्बोधनको क्रममा उनलाई कसैले सोध्यो,तपाई स्तालिन जिवित भइन्दासम्म चुँईक्क बोल्न सक्नुभएन अहिले उनको मृत्यूपश्चात उनकै खैरो खन्नुहुन्छ ? 

सभाभरी सुन्यता छायो, केही निमेष पछी खुश्चेभले प्रश्न सोध्नेलाई उठाए र भने तिमी आज जुन प्रश्न निर्भिकताका साथ मलाई सोधिरहेका छौ हो यही प्रश्न म स्तालिनको जमानामा सोध्न चाहन्थे तर सक्दैनथे । खुश्चेभको उक्त भनाईबाट स्तालिनले वाक स्वतन्त्रतालाई आफ्नो मुठ्ठीमा लिएर हिँडेको कुरा प्रष्ट हुन्छ । २०१७ को सुरुवातमा उत्तर कोरियाली एक मन्त्री बैठकमा उँगेको र उनलाई दण्डित गरिएका समाचारहरु बाहिर आए,मानव अधिकारको अति सामान्य तत्वमाथिको प्रहार प्रजातान्त्रीक व्यवस्थासँग अमिल्दो हुनजान्छ तथापी जिम्वेवारी बिनाको स्वतन्त्रको कुनै तुक हुँदैन भन्नेमा पंक्तिकारको दुईमत भने छैन ।

संस्कृत भाषाको हाम्रो धार्मीक ग्रन्थमा प्रजातन्त्रको परिभाषा भएको पाइन्छ । प्र अर्थात प्रकृति, जा –जातजाती र तन्त्र माने तरिका । अर्थात प्रकृतिका विभिन्न जातजातीको समुचित सहभागीतामूलक शासन पद्दतिलाई नै प्रजातन्त्र भनिएको हो । ऋग्वेदमा विचारहरुको मन्थन हुने ठाउँलाई संसद भनिएको छ । यसरी यसै भूमिमा लेखिएका ग्रन्थहरुमा प्रजातन्त्रको व्याख्या र अभ्यास भएको भएतापनि यसै भूमिमा चाहीँ प्रजातन्त्रको बहाली हुनलाई आधुनिक इतिहासको वि.सं.२००७ सम्म कुर्नु पर्‍यो । सताब्दि लामो संघर्ष पश्चात जब प्रजातान्त्रीक मूल्यमान्यता स्थापित भयो त्यसक नेतृत्वकर्ता एक नेता नेपाली प्रजातान्त्रीक इतिहासका दुत बनेर उदाए वी.पी.कोइराला ।

२४ भाद्र १९७१ मा  जन्मनुभएका वी.पी. आफ्ना पिता कृष्णप्रसाद कोइरालालाई आफ्नो आदर्शका रुपमा लिनुहुन्थ्यो । वहाँका पिता कृष्णप्रसाद कोइराला प्रजातान्त्रिक मान्यताप्रति सजग हुनुहुन्थ्यो र प्रजातन्त्रको आवश्यकतामा वहाँको जोड थियो । यसै कारण प्रजा भड्काएको आरोप लगाई परिवारका साथमा भारत लखेटीएको थियो । जम्मा तिन वर्षको हुँदा चन्द्र समशेरले गरेको त्यस कार्यले गर्दा वी.पी.मा सानैदेखी राजनीतिक र प्रजातान्त्रिक मूल्यमान्यता प्रतिको सचेतना भएको पाइन्छ ।

बनारसमा पढ्दा देखीनै वी.पी. नेपालमा प्रजातन्त्रको बहाली गराउने कार्यतर्फ अग्रसर हुँदै जानुभयो । प्रजातन्त्र प्राप्तिका निम्ती वहाँ दृढनिश्चयी हुनुहुन्थ्यो । विभिन्न राजनीतिक विचारहरुको मन्थन गर्ने,ग्ठीहरुको आयोजना गर्ने,पत्रपत्रिकाम् विचारहरुको प्रकाशन गर्ने गर्नुहुन्थ्यो ।

प्रजातन्त्रको लागी वहाँले आफ्ना नीजि सुख,व्यक्तिगत जिवन तिलान्जली मात्र दिनु भएन तर आफ्नो ज्यानलाई पातमा राखेर हिँड्नुभयो पहाड,तराई,घाम,पानी केही नभनेर ।

प्रजातन्त्रका निम्ति वहाँको नेतृत्व कति सम्म महत्वपूर्ण,जखीमपूर्ण र चातूर्यले भरिएको थियो भन्ने कुराको एउटा सानो प्रसङ्ग पंक्तिकारले राख्ने प्रयास गरेको छ ।

‘त्यो बखतको कुरा हो,१९४८ तिरको कुरा हो । कुन महिना हो मलाई सम्झना छैन । यहाँ उट्पट्याङ्ग कुराहरु भैरहन्थे । यस्तै बखतमा काठमाडौन् जानु पर्‍यो त्यहाँका मान्छेहरुलाई सम्झाउनुपर्‍यो भनेर म,कृष्णप्रसाद भट्टराई र केदारमान व्यथित त्यो पनि बडो नाटकीयताका साथ । काठमाण्डू जाने निर्णय भएपछी मैले आफ्नो कायापलट गरेँ । म जहिले पनि दाह्री जुंगा काट्थें । मैले जुंगा राखें दाह्री काटें,चश्मा लाएँ बूढो मान्छेले लाउनेजस्तो ठूलो फ्रेम भएको,चन्दन लगाएको,टुपी ठूलो पारेको थिएँ । म वास्तवमा पण्डित भएको थिएँ । हामी आउँदा आउँदै बनेपा आइपुग्यौं । त्यहाँपनि भिमफेदीबाट माथी आउने गढीमा चौकी भएजस्तै चौकी रहेछ । अब मैले थोरै अछेता बोकेको छु पण्डित्याईँ गरेर आएको जस्तो गरेर बेला बेला संस्कृत श्लोकपनि भन्दै गर्थेँ म । त्यहाँ देखेँ कि ठीक बाटोमा साँगुरो बाटो छ त्यस गढीमा,जुवा जमिरहेको छ, सिपाहीँहरु धमाधम च्याँखे थाप्दैछन,रमाइरहेका छन ।

मैले रातो टिका लगाएको छु निँधारमा कतै जजमानी गरेर आएको जस्तो गरेर,बोतोमा पैसा–अक्षेता लिएजस्तो गरेर । अब त्यस अड्डाबाट कसरी अगाडी जाने बडा अन्योल भयो । मैले भनें होइन,अलीकति च्याँखे हालौँ न । परबाट पुलिसले भन्यो,‘पण्डित जी आजको जजमानीबाट आएको दक्षिणा सबै जाला नि, होस गर्नुहोला ।’

उसले त्यती भनेपछी अलिकति हलुको भइहाल्यो । त्यहाँबाट हामीलाई एक दुईवटा च्याँखे हारेपछी पठाई दिईहाले रोक्दै रोकेनन ।’ वी.पी.आ.वृ.(२१)

यसरी अनेक चातु¥याईँ गरेर काठमाडौँ आईपुग्नुभयो वी.पी. । केही दिन राजनीतिक भेटघाट,मानिसहरुलाई प्रजातन्त्रको बारेमा सम्झाउँदा सम्झाउँदै वहाँलाई गिरफ्तार गरियो । मोहन समशेरको सेनाले वहाँलाई अति यातना दिइरहँदा पनि वहाँको मन मष्तिष्कबाट प्रजातन्त्र प्राप्तिको लगाव डगमगाउन सकेन । यहीँबाट पुष्टी हुन्छ प्रजातन्त्रका खिलाफ वहाँले कहीँ कतै कसैसँग केही सम्झौता गर्नु भएन ।

प्रजातन्त्र प्राप्तीका लागी वहाँले विभिन्न प्रयोग गरेको पनि हामिले पाउँछौँ । त्रिभूवन भारत जानु अगाडी वी.पी.ले राजालाई पाल्पा लग्ने र भारतको समर्थनमा वैधानिकता प्रदान गर्ने साथै पाल्पाबाच राणाहरुका विरुद्दमा शसस्त्र विद्रोह सुरु गर्ने सोच वहाँको थियो । तर त्यो प्रयास सफल हुन सकेन र राजा त्रिभूवन भारतिय दुतावासमा शरण लिन पुग्नुभयो । त्यसै समय ज्ञानेन्द्र नेपालको राजा बनाइनु भएको थियो । यसरी त्रिभूवन भारतमा गएपछी तथाकथित दिल्ली सम्झौता मार्फत नेपालमा प्रजातन्त्र बहाली भयो त्यसपछी नेपाली राजनीतिको नयाँ चक्र प्रारम्भ हुनगयो । वी.पी.कै प्रत्यक्ष नेतृत्वमा नेपाली इतिहासमा पहिलो आम निर्वाचन सम्पन्न भयो र वी.पी. नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रि हुनुभयो । यसरी विभिन्न दुख कष्ट र शसस्त्र संघर्षबाट आएको उपलब्धिलाई निर्वाचन मार्फत वैधानिक बनाउनुमा वहाँको ठूलो योगदान रहेको पाईन्छ ।

वी.पी.को शालीनता,दुरदर्शीता र वस्तुनिष्ठ मुल्यांकनको क्षमता असाधारण थियो भन्दा अतिशयोक्ति नहोला । त्यस वखत वी.पी.को एउटा धारणा थियो, न राजा मात्र भएको सक्रिय राजतन्त्र वा त राजा नभएको गणतन्त्र मात्र यो शासन पद्दती नेपालका लागी अफाप हुन्छ । संवैधानिक राजतन्त्र र संसद दुवैको महत्वपूर्ण भूमिका रहन्छ र यि एक अर्काका पुरक हुन प्रजातन्त्रका लागी त्यसैले त २०१७ सालको कू होस वा पछी ज्ञानेन्द्रले गरेको कु त्यसपछी गणतन्त्र सम्म आइपुग्दा वहाँको दुरदर्शीता दृष्टान्त हुँदै गइरहेको छ ।

तानाशाही पद्दती क्षणीक हो त्यसले लामो बाटो तय गर्न सक्दैन भन्ने वहाँको विचार थियो ।

यसको उदाहरणका निमित्त एउटा प्रसंग जोड्न उचित होला,‘राति ११÷१२ बजेतिर डि.बी.याक्थुम्बा र २÷३ जना अफिसरहरु आए । ‘आज सबैलाई थुनौँ ? प्रधानमन्त्रि लगायत सबैलाई ? ल त, तपाईँ डिक्टेट गर्नुस ? भनेर उसले भन्यो ।‘ हामीलाई गार्ड गर्ने ड्यूटिमा खटाएको छ, हामी सबैलाई थुनिदिन्छौँ । मैले हाम्रा भरपर्दा अफिसरहरुलाई सबैको घरमा ड्यूटिमा राखेको छु, म सबैलाई थुनिदिन्छु । जे भए हुन्छ आजै तपाईँले निर्णय गर्नुपर्छ,किनभने पछी ढिलो हुन्छ ।’वी.पी.आ.वृ.(३९) यस्तो स्थितीमा पनि संयमताका साथ वहाँले प्रजातन्त्र धरापमा पर्ने,अन्तराष्ट्रीय जगतमा नेपालका प्रति नकारात्मक सन्देश जाने सम्भाव्यता लाई मध्यनजर गरेर डिक्टेट गर्नुभएन ।

पछी त्रिभूवनको मृत्यूपश्चात महेन्द्रले कू गर्नु अगाडी महेन्द्रसँग थोरै खटपट भएको थियो । जोगीलाई चन्दा दिएको निहुँमा थोरै भनाभन भएको थियो । खासमा सरकारका विरुद्द एउटा जोगीले अफवाह फैलाउँदै हिँडेको र महेन्द्रल् त्यही जोगीलाई चन्दा दिएकोमा वी.पी. खुसी हुनु भएको थिएन । त्यसमै महेन्द्रले भन्नुभएको थियो,‘त्यसो भए त विश्वेश्वर बाबु,तपाईँ र म मध्ये एक जना रहनु प¥यो । या त तपाईँ चलाउनुस म छेउ लाग्छु या तपाईँ छोडिदिनुस म चलाउँछु ।’ त्यसको जवाफमा वी.पी.ले भन्नुभयो,‘त्यो पनि मलाई मन्जुर छैन । किनभने,अहिले जुन विकासका समस्याहरु छन, राष्ट्रनिर्माणका समस्याहरु,त्यसमा सम्पूर्ण राष्ट्रीय प्रयास हुनुपर्छ,त्यसो हुनाले मलाई भन्ने कि सरकारको मद्दत नभईकन चलाउने,मलाई त्यो स्विकार्य छैन,त्यसैगरी सरकारलाई पनि यो दम्भ हुनुहुँदैन कि म जनतालाई साथ नलिएर जनप्रतिनिधिलाई साथ नलिएर चलाउन सक्छु भनेर । पहिलेको जमानाको जस्तो गरेर यहाँ विकास हुँदैन । त्यसो हुनाले सम्पूर्ण राष्ट्रिय विकासको लागी सम्पूर्ण राष्ट्रिय प्रसास चाहिन्छ । म जनताको प्रतिनिधित्व गरिरहेको छु र सरकार राजा होइबक्सन्छ । यी दुई वटैको सहमतिबाट मात्र देश चल्न सक्दछ ।’वी.पी.आ.वृ.(५५) 

प्रजातन्त्र र राष्ट्रको विकासका निम्ति वहाँको यस किसीमको धारणा थियो सदैव ।

वी.पी.को महानता प्रजातन्त्रको लागी वहाँले गर्नुभएको संघर्ष, दुरदर्शी नेतृत्वमा मात्र सिमित छैन । वहाँ एक अन्तराष्ट्रिय व्यक्तित्व,अन्तराष्ट्रिय स्तरमा समाजवादका सम्बाहक, राष्ट्रभक्त र विदेश नीतिमा वहाँ सचेत हुनुहुन्थ्यो ।

वी.पी.कै शासनकालमा नेपालको इजराइल,पाकिस्तान र रुस सँग दैध्य सम्बन्ध स्थापीत भएको थियो ।

वहाँको सन्तुलित विदेश नीति वहाँ भारत,चिन र संयुक्त राष्ट्रसंघमा गएका बेला दिएको मन्तव्यबाच प्रष्ट हुन्छ ।
संयुक्त राष्ट्रसंघ गएका बेला खुश्चेभ सगको भेटमा रुसीहरुले ल्याएको ट्रोइकाको सिद्दान्तका बारेमा छलफल हुँदा त्यस किसीमको सिद्दान्तले संयूक्त राष्ट्रसंघ धराशयी हुने देखेर वी.पी. ले त्यसको नकारात्मकताको बारेमा खुश्चेभलाई सम्झाउनु भएको थियो । त्यसै क्रममा सँगै बसेका ऋषिकेश शाहमाथी खुश्चेभ एकदमसँग खनिए । ‘तिमी अमेरिकनहरुको निम्ति बोल्दैछौ ।’ यसको डिफेन्डमा वी.पी.ले भन्नुभएको थियो,‘होइन वहाँ हाम्रो सरकारको दृष्टीकोणको प्रतिनिधित्व गर्नुहुन्छ,उहाँ हाम्रो राजदुत हो ।’ वी.पी.ले त्यो भनेपछी उनी चुप लागेका थिए । त्यस किसिमको ल्याकत राख्न सक्ने नेता हुनुहुन्थ्यो वी.पी.।

यस्तै किसिमको एउटा घटना चिन गएका बखत माओत्से तुँग सँगको भेटमा भएको कुरा जागजाहेर छ । माओत्से तुँग सँगको भेटमा सिमानाको विषय उठ्दा माओ ले भन्यो सिमानाको खास समस्या छैन । माउन्ट एभरेष्ट साझा चुचुरो रहोस् र यसलाई मितेरी चुचुरो भनौँ । वी.पी.ले ठाडो अस्विकार गरेपछी उसले भन्यो तिमीहरुको त नाउँ पनि छैन आफ्नो भाषाको र माउन्ट एभरेष्ट भन्छौ ? यसमा वी.पी.ले भन्नुभयो चोमोलुङ्मा त तिब्बती नाउँ हो तिमीहरुको चाहीँ खै कहाँ छ आफ्नो नाउँ ? र त्यस कुरामा माओत्से तुङ्ग लचक भयो सगरमाथाको लालपूर्जा हाम्रो भयो । राष्ट्रहितका विषयमा त्यो स्पष्टवादिता वहाँको अनुकरणीय गुण हो ।

अन्त्यमा,नेपाल र नेपालीको उज्जवल भविष्य नै आफ्नो साध्य मान्ने वी.पी.को राष्ट्रनिर्माणका योजनाहरु काल्पनिक महत्वकांक्षी नभई कटिबद्द काम गरेमा सहजै पूरा गर्न सकिने व्यवहारिक किसिमका थिए । एक अन्तराष्ट्रिय ख्यातिप्राप्त चिन्तकका रुपमा वी.पी. समाजवादका नाममा प्रजातन्त्र विस्थापित हुन नदिन र प्रजातन्त्रका नाममा वैयक्तिक शोषण हुन नदिन आजिवन लागी पर्नु भएको थियो । वहाँले २०१६/१७ को अवधिमा डेढ वर्षको लागी लागी जननिर्वाचित प्रथम प्रधानमन्त्रिका रुपमा कार्यरत रहँदा छिमेकी मूलुकसँग सुमधुर सम्बन्ध र टाढाका मूलुकसँग पनि मैत्री सम्बन्ध कायम गरी नेपाललाई अन्तराष्ट्रीय जगतमा परिचित गराउने महत्वपूर्ण काम गर्नुभएको थियो।२०३३ सालमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय एकतामाथी बाह्य अतिक्रमण र नेपालभित्रैबाट जनतामा प्रजातान्त्रिक हक तथा अधिकारप्रति वेवास्ता भएकाले त्यस्ता विकृतिहरुको स्वदेशमै बसेर निराकरण गर्नुपर्दछ भनि वहाँ राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउनु भएको थियो ।

२०३६ सालमा भएको जनमतसंग्रह वहाँकै प्रेरणादायी नेतृत्वमा भएको थियो । चुनावको परिणामलाई सत्तासीन व्यक्तिहरुले आफ्नो पक्षमा ल्याउन व्यापक धाँधली गरिएको भनी स्वदेश तथा विदेशमा समेत कटु आलोचना भएकोमा नेपाली जनताबिच अवान्छित विद्देष,कलह र रक्तपात नहोस भनि जनमतको नतिजालाई स्विकार गरेर एक आम नेताभन्दा माथिल्लो राजनीतिज्ञ स्टेट्समेनको परिचय दिनुभएको थियो ।

यति राष्ट्रभक्त,दुरदर्शी,शालीन,लोकप्रिय,कर्मठ,वाकपटु,ओजस्वी वक्ताको जिवनी हेर्दा र आजका दिनमा नेपाली राजनीतिका प्रजातन्त्रवादीहरुलाई देख्दा भन्न मन लाग्छ ’नेता जी कुन मूलको पानी खानुभएको छ सम्झनु होस् है’।


0 comments

Write Down Your Responses

second_add