निजामति दिवसमा विभिन्न कार्यक्रम गरि मनाईयो

प्रकाशित समय 10:26 PM
सिन्धुली,२३ भदौ – सिन्धुलीमा ‘निजामती कर्मचारीको प्रतिवद्धता, पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ सिन्धुलीमा निजामति सेवा दिवस मनाईंएको छ ।


निजामति सेवा दिवस मूल समारोह समितिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको अध्यक्षता तथा जिल्ला न्यायाधिश परर्शुराम भट्टाराइको प्रमुख आतिथ्यतामा भएको भएको हो । 

दिवसको अवसरमा प्रमुख कोष नियन्त्रक कृष्णप्रसाद देवकोटा, प्रशासकिय अधिकृत ऋषिराज काफ्ले, सिनियर अनमि (छैटौ तह) मिना तामाङ, ना.सु. सुनकोसी गाउँपालिकाका लक्ष्मीप्रसाद देवकाटो र जिल्ला भूसंरक्षण कार्यलयका कार्यालय सहयोगी राधोकापरलाई उत्कृष्ण कर्मचारी घोषणा गरि दोसल्लाह ओडाएर सम्मान गरिएको छ ।

दिवसको अवसरमा विहिबार विहान प्रभातफेरी साथै  कर्मचारी मिलन केन्द्र र आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा  भएको रक्तादान कार्यक्रका ३० जना रक्तदाताहरुलाई सम्मान गरिएको छ । नेपालमा वि.सं २०१३ सालमा सालमा निजामती सेवा सुरु भएपनि दिन मनाउन थालिएको १३ वर्ष पूरा भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »