Powered by Blogger.
९६ दलले पाए चुनाव चिन्ह, राणा र लोहनी दुबैलाई हलो (सूचीसहित)

माओवादी केन्द्रसहित तीन दललाई एउटै चुनाव चिन्ह




काठमाडौं २३ भदौ–  निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिएको छ ।


मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको बिहीबार बसेको बैठकले दर्ता भएका दलहरुको चुनाव चिन्ह निर्धारण गरेको हो ।

आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

जस अनुसार नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव चिन्ह पाएका छन् । तीन दलको चुनाव चिन्ह गोलाकारभित्र हसिया हथौडा कायम गरिएको छ ।

माले र जनसमाजवादी पार्टीले एउटै चुनाव चिन्ह हसिया तारा, राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले सिपाही तथा पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आधुनिक पार्टी नेपालले बाघ चुनाव चिन्ह पाएका छन् ।

राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीलाई हलो


निर्वाचन आयोगले राप्रपाबाट फुटेर बनेका दुई वटा दल राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई हलो चुनाव चिन्ह दिएको छ । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयाताकारभित्रको हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो चुनाव चिन्ह दिइएको छ ।

नयाँ शक्ति पार्टी नेपालले आँखा चुनाव चिन्ह पाएको छ भने राष्ट्रिय जनता पार्टी नेपालले छाता चुनाव चिन्ह पाएको छ ।

हेर्नुहोस् कुन दलले कुन चुनाव चिह्न पाए

दर्ता नं. राजनीतिक दलको नाम निर्वाचन चिन्ह कैफियत 

१ ग्रीन पार्टी नेपाल         –     ऊँट  
२. नेपाल समावेशी पार्टी    –    सुगा  
३. नेपाल नौलो जनवादी पार्टी – चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा  
४. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल  –  डाँफे  
५. चुरेभावर लोकतान्त्रिक पार्टी –   भकुण्डो  
६. राष्ट्रिय जनमोर्चा             – गिलास  
७ नेपाल परिवार दल            – साँचो  
८. नेपाल समाजवादी पार्टी (लोहियावादी)  –मेच  
९. तामाङसालिङ लोकतान्त्रिक पार्टी – बज्र  
१०. नेपाल संघीय समाजवादी पार्टी – बस  
११. गान्धीवादी पार्टी नेपाल           – भेडा  
१२. राष्ट्रिय विकास पार्टी            – हात्ती  
१३. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल – सुदर्शन चक्र  
१४. राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी – हातमा धानको बाला  
१५.एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) – आयाताकारभित्रको हलो  
१६. मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले  
१७. राष्ट्रवादी पार्टी – घण्टी  
१८. नेपाल मजदूर किसान पार्टी – मादल  
१९. नेपाली जनता दल – गोरु गाडाको चक्का (पाङ्ग्रो)  
२०. जनशक्ति नेपाल  –गोलाकारभित्र छाता  
२१. किरात खम्बुवान लोकतान्त्रिक पार्टी – त्रिकोण  
२२. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल – मुठ्ठी  
२३. इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल – केराको बोट  
२४. ३३ दलीय मोर्चा  – पाँचकुने तारा  
२५. राष्ट्रिय जनमुक्ति पार्टी  – घर  
२६. विवेकशील साझा पार्टी  – तराजु  
२७. समाजवादी पार्टी, नेपाल – सुकुन्दा  
२८. खम्बुवान राष्ट्रिय मोर्चा नेपाल  – हथौडा  
२९. राष्ट्रवादी युवा मोर्चा  – चश्मा  
३०. मूलवासी मुक्ति पार्टी – घडी  
३१. नेपाः राष्ट्रिय पार्टी – खड्ग  
३२. राष्ट्रिय श्रमिक नागरिक पार्टी – पिपलको पात  
३३. नेपाल दलित पार्टी – इनार  
३४. नेपाल युवा किसान पार्टी – केराको काइँयो  
३५. मधेश तराई फोरम – बाल्टिन  
३६. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल  – षट्कोण  
३७. देशभक्त समाज – जरायो  
३८. मधेश समता पार्टी नेपाल – रिक्सा  
३९. हाम्रो पार्टी – धारा  
४०. नेपाल कम्युनिष्ट पार्टी (एमाले) – सूर्य  
४१. दलित, मुस्लिम जनशक्ति पार्टी – माछा 

४२. नेपाल शान्ति क्षेत्र परिषद् – थपडी बजाएको जोडा हात  
४३. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – दापसहितको खुकुरी  
४४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – गाग्री  
४५. राष्ट्रिय समाजवादी पार्टी, नेपाल – पृथ्वी  
४६. नेपाल दर्शन – भुइँकटहर  
४७. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) – हँसिया  
४८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल – हवाईजहाज  
४९. माग शिवसेना नेपाल – डमरु  
५०. नयाँ शक्ति पार्टी, नेपाल – देबे्र आँखा  
५१. राष्ट्रिय जनता पार्टी नेपाल – छाता  
५२. नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) – डोको  
५३. नेपाल कम्युनिष्ट पार्टी – घन कोदालो  
५४. नेपाल लोकतान्त्रिक जनता काँगे्रस – दुई आँखा  
५५.नेपाल जनता पार्टी – कमलको पूmल  
५६. मितेरी पार्टी, नेपाल – घोडा  
५७. आमूल परिवर्तन मसिहा पार्टी नेपाल – हृदय  
५८. नेपाली ग्रिन्स – हिमाल  
५९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) – गोलाकारभित्र हलो  
६०. राष्ट्रिय जनता दल नेपाल – लाल्टिन  
६१. राष्ट्रिय प्रजातन्त्र पार्टी – गाई  
६२. नेपाल वाद – तारापुञ्ज  
६३. बहुजन शक्ति पार्टी – जग  
६४. नेपाल जनलोकतन्त्र पार्टी – साबेल  
६५. युवाशक्ति नेपाल पार्टी – दौडिरहेको युवक  
६६. हाम्रो नेपाल पार्टी – दुई थुङ्गा सयपत्रीको फूल  
६७.नेपाल लोकतान्त्रिक फोरम – दुई हात जोडेको नमस्कार  
६८. देशभक्त लोकतान्त्रिक पार्टी –ऐना  
६९. नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) – कोदालो  
७०. हिन्दू प्रजातान्त्रिक पार्टी नेपाल  – महिला  
७१. जनप्रजातान्त्रिक पार्टी, नेपाल – गैँडा  
७२. संयुक्त राष्ट्रिय जनपरिषद् – हेलिकप्टर  
७३. नेपाली कांगे्रस – रुख  
७४. लिबरल डेमोक्रेटिक पार्टी – दमाहा  
७५. राष्ट्रवादी एकता पार्टी  – परेवा  
७६. संघीय समाजवादी फोरम, नेपाल – हातले समातेको मशाल  
७७. लोक दल  – लुगा सिउने कल  
७८. मुस्कान सेना नेपाल – पुरुष  
७९. युवा नेपाल पार्टी – मोटरसाइकल  
८०. बहुजन समाज पार्टी नेपाल – जिराफ  
८१. पिछडावर्ग निषाद दलित जनजाति पार्टी – कछुवा  
८२. नेपाल आमा पार्टी – बच्चा काखमा लिएकी आमा  
८३. नेपाली कांगे्रस (वीपी) – करुवा  
८४. लोककल्याणकारी जनता पार्टी, नेपाल – धनुषबाण  
८५. मातृभूमि नेपाल दल – गाग्री बोकेकी महिला  
८६. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल – चियादानी  
८७. अखण्ड नेपाल पार्टी – ध्वजा  

दर्ता नं. राजनीतिक दलको नाम माग गरेको निर्वाचन चिन्ह कैफियत 
१. पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपाल र आधुनिक पार्टी नेपाल – बाघ 
नयाँ चिन्ह लिई संयुक्त भएको 
२.राष्ट्रिय शिवसेना पार्टी र राष्ट्रिय नागरिक पार्टी – सिपाही शिवसेना नेपालको चिह्नमा संयुक्त भएको 
३. नेपाल कम्युनिष्ट पार्टी (माले) र जनसमाजवादी पार्टी, नेपाल –हँसिया तारा नेपाल कम्युनिष्ट पार्टी (माले)को चिह्नमा संयुक्त भएको 
४.नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र(, समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टी – गोलाकारभित्र हँसिया हथौडा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टीमा संयुक्त भएको । 

0 comments

Write Down Your Responses

second_add