Powered by Blogger.
प्रमुख जिल्ला अधिकारीलाई सम्मान सहित विधाई

सिन्धुली,२३ भदौँ – सिन्धुली उद्योग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी   ताराबहादुर कार्कीलाई लाई सिन्धुलीमा शान्ति सुरक्षा तथा विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान सहित विधाई गरेको छ । 



शुक्रवार उद्योग बाणिज्य संघको अध्यक्ष विनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको विधाई कार्यक्रममा प्रजिअ कार्कीलाई प्रशंसा पत्र पदान गरेको हो । ‘विगत लामो समय सम्म यस सिन्धुली जिल्लामा रहि, जिल्लाको वृहत्तर विकासका हरेक गतिविधीहरुमा नीजि क्षेत्रसँग समन्वय गरि सहयोग पुर्‍याई जिल्लाको शान्ति सुरक्षा, अमन चयनमा पुर्‍याएको उल्लेखनिय योगदानको उच्च मूल्याङ्कनका साथ कदर गर्दै प्रमुख जिल्ला अधिकारी कार्की प्रशंसा पत्र पदान गरिएको हो’ अध्यक्ष श्रेष्ठले भने । 


प्रजिअ कार्की विगत १ वर्ष ६ महिना १४ दिन देखि सिन्धुलीमा प्रमुख जिल्ला अधिकारीको कार्यभार समालेका थिए । कार्कीको भदौ २५ गते उमेर हदका कारण अवकास हुदैछन । प्रजिअ कार्की यस अघि सिन्धुलीको स्थानीय विकास अधिकारी समेत भई सकेका थिए । कार्की प्रमुख जिल्ला अधिकारी भएर सिन्धुली गए पश्चात खिम्ती ढल्केवर प्रशारण लाईनको समस्या स्थानीय सँगको समन्वयमा समाधान गरेको, शान्ति सरक्षा प्रभावकारी वनाएको, सिन्धुलीका ग्रामिण क्षेत्रमा गुड्ने गाडीको रुटपर्मिट नहुदा समस्या भई रहेको अवस्थामा कानुनको अधिनमा रहि समन्वयकारी भुमिका निर्वाह गरेको र विभिन्न विकास निर्माणको कार्यमा समन्वयकारी भुमिका निर्वाह गरेको उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले वताए । 

0 comments

Write Down Your Responses

second_add