‘सिन्धुली जिल्लालाई भ्रष्टाचार मुक्त बनाउने’

प्रकाशित समय 6:29 AM
सिन्धुली,२३ भदौँ – ‘नगरौँ, नगाऔँ, नसहौँ भ्रष्टाचार, देशका लागि अति उत्तम हो सदाचार,’ भन्ने मुल नाराका साथ भ्रष्टाचार विरुद्धको दिवस शुक्रवार विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा सिन्धुली जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाऔँ प्रतिवद्धता जायर कार्यक्रम सम्पन्न भएको छ । 


मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक दोलखा, नेपाल पत्रकार महासंघ सिन्धुली र गैसस महासंघ सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले भ्रष्टाचार उन्मुलनका लागि प्रशासनिक क्षेत्रको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै जनतामा सचेतनाको खाँचो औँल्याए । जिल्लामा भ्रष्टाचार अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले जिल्लामा भ्रष्टाचार सम्बन्धिका मुद्धा कमै मात्रा आउने गरेको बताए । 


पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक टिका बहादुर केसी, कमलामाई नगरपालिकाका प्रमुख खडग बहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा, कमलामाई नगरपालिकाका १४ वटै वडाका प्रतिनिधी लगायतकोे उपस्थिती रहेको थियो ।

कार्यक्रमको विषयवस्तुबारे जानकारी र स्वागत मन्तव्य गैससका पुर्व अध्यक्ष कृष्णहरि घिमिरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन हुराडेक दोलखाको जिल्ला संयोजक रुकु पोखरेलले गरेकी  थिइन । 

कार्यक्रममा झण्डै ५० जनाले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउन प्रतिवद्धता जायरमा हस्ताक्षर गरेका थिए । भ्रष्टाचार विरुद्धको दिवस सुरु भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाईने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »