मन्त्रीको गाडीको ठक्करबाट २ जना घाइते, मन्त्री भागे

प्रकाशित समय 4:43 AM

काठमाडौं,  २३ भदौ - काठमाडौंको बानेश्वरमा मन्त्री सवार गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाला गाडीले आज दिउँसो ४ बजेतिरबानेश्वरमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।


मोटरसाइल चालक गम्भीर घाइते भएकाले  दुवै जनाको एभरेष्ट नर्सिङ होममा उपचार भइरहेको छ । लेन मिचेर तिव्र गतिमा आएको गाडीले बाइकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए ।

ठक्करपछि प्रत्यक्षदर्शीले रोक्न खोज्दा खोज्दै पनि मन्त्रीको गाडी भागेको थियो । बानेश्वरमा सुरक्षाका लागि बसेका प्रहरीले ठक्कर दिने गाडीलाई सुरक्षा दिएर भगाएको आरोप प्रत्यक्षदर्शीले लगाएका छन् । ठक्कर दिने बा १ झ ७१६३ नम्बरको गाडीमा मन्त्रीसमेत सवार थिए ।

प्रहरी स्रोतका अनुसार यो गाडी सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट हो । र, दुर्घटनाको समयमा उनी आफैं गाडीमा थिए ।

 राज्यमन्त्री विष्टले आफ्नो गाडी दुर्घटनामा परेको स्वीकार गरेका छन् । उनले भने, ‘म सवार गाडीमा मोटरसाइकल ठोक्किएको हो ।’

दुर्घटनापछि उद्दार नगरी किन हिँडेको भन्ने प्रश्नमा उनले भने, ‘त्यहाँ ओर्लिएर उद्दार गर्ने वातावरण नै थिएन । म पनि मान्छे हुँ । चिन्ताग्रस्त छु । कहाँ के भइरहेको छ सोधखोज गरिरहेको छु ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »