Powered by Blogger.
नेपाली सेनाद्धारा ६१ जनाको सकुसल उद्धार


सिन्धुली,२२ भदौ – नेपाली सेनाको सिन्धुली रानीवासमा रहेको सेनाको टोलीले ६१ जनाको सकुसल उद्धार गरेको छ । नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले प्राकृतिक प्रकोममा उद्धार गरेको जनाएको छ ।


सेनाको गण नजिकै पर्ने कमला खोलामा बाढीका कारण यात्रुबहाक बस नै खोलामा रोकिएर तर्न नसकेपछि सेनाले यात्रुको उद्धार र सवारी साधनको सुरक्षा गरेको हो । सेनाका अनुसार सिन्धुलीको डकाहाबाट काठमाडौँकालागि आउदै गरेको बा १ ख ४४४५ नम्बरको बसमा सवार सहित बसलाई गणका निमित्ति गणपति सेनानी निरन बस्नेतको टोलीले उद्धार गरेको पर्यावरण सुरक्षा गणले जनाएको छ ।

उद्धारमा खटिएको सेनाको टोलीले केही समय पश्चात यात्रुलाई सकुसल उद्धार गरेको थियो । त्यस पश्चात सेनाको टोली सवारी साधनलाई खोलाबाट निकाल्न सफल भएको थियो । 

कमला खोलामा पक्कि पुल समयमा नै बन्न नसक्दा त्यस क्षेत्रका बासिन्दा जोखिम मोलेर बर्षा याममा गर्न बाध्य रहेका छन् । सम्बन्धित निकाएको वे वास्थाका कारण यस्तो अवस्थामा नागरिक गुज्रनु परेको उनीहरुको भनाई छ । सेनाको उद्धारले बाच्न सफल भएको नत्र खोलाले बस पल्टाउन लागेको अवस्थामा सेनाले मानविय क्षती हुन नदिएको बसमा सवार यात्रुहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

second_add